अहिले बजारमा एउटा पाठ्यपुस्तक चर्चामा छ । यो पुस्तक एलकेजीको विद्यार्थीका लागि अभ्यास नेपाल एजुकेशन फाउन्डेशन प्रा।लि।ले तयार गरेको हो ।
रमेश भुषाल परिकल्पनाकार रहेको पुस्तकका लेखक अर्चना भण्डारी, बिना शर्मा र लिना श्रेष्ठ छन् । यो २०७४ मा पहिलो पटक प्रकाशित भई हरेक वर्ष देशका धेरै विद्यालयहरुमा पुग्ने गर्छ ।
भुषालले विगत ५ वर्ष देखि पुस्तक प्रकाशित हुँदै आएको र अहिले किन विवाद झिकेको भनेका छन् । पुस्तक प्रकाशित भएर वितरण समेत भइसकेकाले यस वर्ष यसलाई हटाउन नसकिएको जवाफ दिएका छन् ।
भुषाल स्वयं इशाई धर्मालम्बी भएको बुझिएको छ । उनले योजनावद्ध तरिकाले ई अक्षरको परिचय गर्दा ईशा उल्लेख गरेको खुलेको छ ।
साना बालबालिकाका लागि तयार गरिएको पुस्तकमा ई अक्षरको परिचय ईशा लेखिएको भन्दै संसद देखि सडकसम्म प्रश्न उठिसकेको छ । संसदमा नेकपा एमालेका सांसद डा। भीम रावलले यसबारे प्रश्न उठाइसकेका छन् ।
पाठ्यक्रममा वर्णभेद र सस्कृतिको अपमान गर्ने सम्मका गतिविधिहरु भेटिएको छ । बालबालिकालाई पढाइने अंग्रजीको राम्री र नराम्रीमा दुई महिलाको चित्र बनाइएको छ । जसमा एक महिना गोरो वर्णकी छिन् । उनलाई राम्री भनिएको छ ।
अर्को महिला कालो वर्णकी छिन् । उनलाई कुरुप भनिएको छ । राम्री भनिएकी महिला आधुनिक पहिरनमा खैरो कपाल भएकी छिन् । उनको कपडा हरियो र टीका पनि कालो छ ।
कुरुप भनिएकी महिलाको पहिरन परम्पारगत हिन्दू महिलाको छ । उनले रातो टीका लगाएकी छिन् भने कपाल कालै छ । कपडा पनि रातो रङ्गको छ ।
पाठ्यक्रममा ई बाट ईशा भनी इशाई धर्मका प्रभुलाई प्रार्थना गरिरहेको देखाइरहेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहँदा पछिल्लो समय पाठ्यक्रममा राम्री र नराम्रीको व्याख्या पनि विभेदकारी देखिएको छ ।

