काठमाडौंं । चर्चाको केन्द्रमा रहेको काठमाडौंं महानगरपालिकामा आशालाग्दा बनेर स्वतन्त्र मेयरको ईन्ट्री भएपछि झनै आशा लाग्दा निर्णयहरु सार्वजनिक हुन थालेका छन् । काठमाडौंका मतदाताले बालेन साहलाई जिताएर सही निर्णय गरेको भन्दै अहिले प्रशंसा भइरहेको छ ।
ब्याक टु ब्याक कमाल गर्दै आइरहेकाका मेयर साहको फुटपाथ पसल हटाउने काममा नेवाः जागरण खुलेरै उभिएको छ ।
फुटपाथ पसले हटाउने विवादका सन्दर्भमा नेवाः जागरण मञ्चले मेयर बालेन शाहलाई समर्थन गरेको हो । काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने शाहको अभियानको मञ्चले स्वागत गरेको हो ।
मञ्चले मंगलबार जारी गरेको विज्ञप्तिमा मेयर शाहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम सडकपेटीको व्यापार हटाउन सक्ने उल्लेख गरिएको छ ।
‘काठमाडौँ महानगरपालिकामा स्वतन्त्र र युवा व्यक्तित्व बालेन शाहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम रहेको यो अवसरमा यो कुरा सम्भव छ भन्ने कुरामा हामी विश्वास प्रकट गर्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ । ‘
हाल महानगरपालिकाको यस नेतृत्वले जुन सडकपेटी हटाउ अभियान सञ्चालन गरेको छ, त्यसलाई हामी समर्थन गर्दछौँ र यसलाई कमजोर पार्ने कोणबाट आइरहेका अभिव्यक्तिहरूको हामी विरोध गर्दछौँ ।’

