केही समयदेखि स्थिरप्राय रहेकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे शेयर मूल्य उकालाे लाग्न थालेकाे छ। हिजाे बुधबार ५८१ रूपैँया प्रतिकित्ता पुगेर बजार बन्द भएकाे याे कम्पनीकाे मूल्य आज साताकाे अन्तिम काराेबार दिन ६०८ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।
केही समयअघि लण्डन स्टक एक्सेचेन्जमा ३० मिलियन डलरकाे बाेण्ड जारी गर्ने विषयमा नेप्सेले साेधेकाे स्पष्टिकरणमा निफ्राले सकारात्मक जवाफ दिएकाे र याे आर्थिक वर्षभित्रै ८ प्रतिशतकाे हाराहारीमाे लाभांश वितरण गर्ने उद्देश्य रहेकाे बताएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।
प्राविधिक विश्लेषणका आधारमा कम्पनीकाे अवस्था राम्राे रहेकाे हल्ला बजारभरि चलेपनि केही समयदेखि कम्पनीकाे शेयर मूल्य भने स्थिर रहेकाे थियाे । पछिल्लो समय निफ्राले लगानीका बहुआयामिक क्षेत्रको अध्ययन र छलफल अघि बढाइरहेको डेपुटी प्रमुख कार्यकारी अधिकृत पाण्डेको भनाई छ ।
नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले नागरिक उड्डयन क्षेत्र समेत लगानी गर्ने भएको छ । लगानीका लागि ठाउँ खोजिरहेको निफ्राले यो क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको हो । यो क्षेत्रमा लगानी गर्नसक्ने ठाउँबारे बैंकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल सुरु गरेको छ ।
निफ्राको टोलीले यो क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने सम्बन्धमा अघिल्लो साता मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत भुपेन्द्य्र पाण्डे बताउँछन् । ‘लगानीको नयाँ नयाँ क्षेत्र खोज्ने क्रममा हामी यो क्षेत्रमा लगानी गर्ने ठाउँ कहाँकहाँ छ भनेर क्यानसँग छलफल प्रारम्भिक छलफल गरेका छौं ।
क्यानले यसमा सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गरेको छ,’ पाण्डेले भने, ‘हामी प्रारम्भिक छलफलमै छौं । तर यो क्षेत्र हाम्रो लगानीको प्राथमिकतामा चाहिँ छ ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजुकमार क्षेत्री नागरिक उड्डयनको क्षेत्रमा बैंकले लगानीको इच्छा देखाउनु प्रशंसनीय रहेको भन्दै आफूहरुले लगानीका लागि सहज वातावरण निर्माण गर्न भूमिका खेल्ने बताए ।
‘उहाँहरु कसरी लगानी गर्न सकिन्छ, हामी यो क्षेत्रमा लगानी गर्छौं भनेर छलफल गर्न आउनुभएको थियो । हामीले लगानी गर्ने क्षेत्रबारे जानकारी दियौं,’ क्षेत्रीले भने, ‘आवश्यकता अनुसार सहजीकरण गर्न पनि तयार छौं ।’ रामकृष्ण खतिवडा– “सीईओ, नेपाल इन्फ्रास्ट्रक्चर बैंक” हामिले आईपीओ जारी गरेपछि धेरै मान्छेले विश्वास गरेर लगानी गर्नुभएको छ ।
यसले हामीलाई उत्साहित बनाएको छ । अहिले त यो पैसा पनि निक्षेपका रूपमा बैंकमै जम्मा हुने हो । तर, अर्को पाटो के पनि हो भने हामीले जनताको पैसा उठाएका छौं र उनीहरूलाई लगानीको रिटर्न चाहिन्छ । यसले हामीलाई कता–कता दबाब पनि महसूस हुन्छ ।
हाम्रो बैंकको उद्देश्य नै दीर्घकालीन कर्जा लगानी गर्ने भएकाले प्रतिफल पाउन पनि केही समय कुर्नुपर्ने हुन्छ । तर, देशमा अहिले पनि सयौं खर्ब रुपैयाँ लगानी चाहिने पूर्वाधार परियोजना आवश्यक छन् । जलविद्युत् आयोजनामै ५० खर्ब रुपैयाँ आवश्यक छ । सहरी पूर्वाधार, सडक पूर्वाधार र ग्रामीण क्षेत्रमा पूर्वाधार निर्माणको लागि पनि ठूलो रकम आवश्यक छ ।
यी पूर्वाधारहरूको निर्माण अहिलेदेखि नै धमाधम सुरु भयो भने हामीले पुँजी बढाउनु पर्ने पनि हुनसक्छ । त्यस्तो बेलामा सेयरधनीलाई राइट सेयर पनि दिन सकिन्छ । २ वर्षभित्र हामीसँग भएको सबै पुँजी परिचालन गर्ने र ४ वर्षभित्र एक खर्ब रुपैयाँको ब्यालेन्ससीट भएको कम्पनीको रूपमा बैंकलाई उभ्याउने कुरामा हामी दृढ छौं ।