ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १३२ दशमलव ९४ देखि ३९८ दशमलव ८२ पाउने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो । कम्पनीको आव २०७६/ ७७ को प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ९४ रहेको छ । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये कम्पनीले ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । उक्त आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । जसमयध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको थियो । ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाएका थिए ।
बंगलादेशविरूद्ध नेपालको अग्रता दोब्बर, बिशाल राईले गरे दोस्रो गोल राजधानीमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको फाइनलमा नेपालले बंगलादेशविरूद्ध अग्रता दोब्बर पारेको छ। नेपालका लागि बिशाल राईले दोस्रो गोल गरेका हुन्। उनले खेलको ४१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका हुन्।
यसअघि सन्जोग राईले पहिलो गोल गर्दै १८ महिना लामो अन्तर्राष्ट्रिय गोलको खडेरी टारेका थिए। प्रतियोगितामामै पहिलो गोल गरेको नेपालले १८ महिनापछिकै पहिलो अन्तर्राष्ट्रिय गोल हो। राईले सुनिल वलको कर्नरमा गोल गरेका हुन्। नेपालले यसअघि विश्वकप छनोटमा चाइनिज ताइपेविरुद्ध गोल गरेको थियो।
२-० गोल अन्तरमा जितेको खेलमा नेपालले यसअघिको पछिल्लो अन्तर्राष्ट्रिय गोल थियो। ताइपेविरुद्धको खेलमा अन्जन विष्टले दुई गोल गरेका थिए। ताइपेपछि नेपालले विश्वकप छनोटमा अष्ट्रेलिया, जोर्डन र कुवेतसँग खेलेको थियो। अष्ट्रेलियासँग ५-० ले पराजित नेपाल जोर्डनसँग ३-० र कुवेतसँग १-० ले पराजित भएको थियो ।
त्यस्तै म्यानमारसँगको मैत्रीपूर्णमा नेपाल ३-० ले पराजित भएको थियो। नेपालले पछिल्लो पटक बंगलादेशसँग उसैको मैदानमा २ मैत्रीपूर्ण खेल खेल्यो। तर त्यहाँ पनि नेपालले गोल गर्न सकेन। ढाकामा भएको पहिलो मैत्रीपूर्णमा २-० ले पराजित नेपाल दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो।