भारतीय जनता पार्टीका शीर्ष नेतासहित नेपालको राजनीति आफूअनुकूल बनाउने गरी भएको सहमति बाहिरिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न अस्वीकार गरेको चर्चा बढेको छ ।
भारतीय संस्थापनका नेताहरुसहित प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेतृ डा। आरजु राणा देउवाबीच भएको चार बुँदे सहमति प्रचण्डले बाहिर ल्याएको भन्दै मोदीले अन्तिम समयमा भेट रद्ध गर्नुभएको उच्च अधिकारीहरुले बताए । प्रधानमन्त्री मोदीसहितका शीर्ष नेतासँग भेटने उदेश्यसहित प्रचण्ड शुक्रवार नयाँ दिल्ली आउनु भएको थियो ।
भारत आएपछि भाजपा नेतासहित प्रचण्ड र प्रधानमन्त्री देउवापत्नी आरजुबीच लामो बार्ता भएको थियो । नेपालका सत्तारुढ दुई पार्टीका नेता भारतमा बार्ता गर्नु र भाजपाका नेतालाई साँक्षी राख्ने काम बाहिर आएपछि सहमति पनि छताछुल्ला बनेको थियो ।
भारतीय संस्थापन पक्षका नेताहरुको भनाई उधृत गर्दै उच्च अधिकारीले दिएको जानकारीअनुसार भेटमा आगामी निर्वाचनमा गठबन्धन गरेर जाने र चुनावपछि कांग्रेस र माओवादीले आलोपालो प्रधानमन्त्री लिने सहमति बनेको थियो ।
स्रोतका अनुसार चुनावपछि पहिलो प्रधानमन्त्री आरजु हुने र त्यसपछि देउवालाई राष्ट्रपति बनाउने तथा सभामुख र राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादीले लिने सहमति पनि भारतीय संस्थापनलाई साँक्षी राखेर गरिएको थियो ।
भारतका लागि सवैभन्दा कम्फर्टेवल सरकार बनाउने त्यो सहमतिमा चुच्चे नक्साबारे कहिल्यै औपचारिक रुपमा नबोल्ने बचन प्रचण्डले दिनुभएको बताइएको छ ।
सो सहमति बाहिर आएपछि भने भारतीय प्रधानमन्त्री मोदी भेट नै रद्ध गर्ने निर्णयमा पुगेको उच्च अधिकारीहरुले बताएका छन । ‘प्रचण्डको मिसन फेरि जसरी पनि प्रधानमन्त्री बन्ने रहेको पाइयो, तर ढाँटछल गर्ने बाँनी कायमै रहेकोले मोदीले भेट्न अस्वीकार गरेको हो,’ भारतीय बिदेश मन्त्रालयका एक उच्च अधिकारीले अन्तराष्ट्रिय समाचार एजेन्सीहरुलाई भनेका छन ।
चीनको बिषयमा पाउनु पर्ने सवै सूचना प्रचण्डले बिदेशमन्त्री जयशंकर र भाजपा अध्यक्षसँगको भेटमा चुहाउनु पनि मोदीले भेट नदिनुको अर्को कारण बनेको भारतीय अधिकारीको भनाई छ ।
‘जति सूचना पाउनु पर्ने हो सवै आइसकेपछि प्रधानमन्त्रीले किन भेटनु रु दोस्रो तहकै नेतासँगको भेटमा नेपालमा चिनियाँ बिदेश बिभागका प्रमुखको भ्रमणमा भएको सवै रणनीति थाह पाइसकिएको छ,’ ती अधिकारीको भनाई छ ।
प्रचण्डले गत बर्षको चैतमै भारतका लागि कांग्रेस, माओवादी र मधेसी दल मिलेर बनाउने सरकार नै कम्फर्टेवल हुने बताउनु भएको थियो । उहाँको सोही अभियानअनुसार सर्वोच्च अदालतबाट परमादेशको नाममा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर देउवा प्रधानमन्त्री बन्नुभएको हो ।
शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सत्ता गठबन्धनकै शीर्ष नेता जसपाका अध्यक्ष उपेन्द्र यादवले भारतकै कारण केपी ओली सरकारबाट हट्नु परेको तथ्य सार्वजनिक रुपमा खोल्नुभएको थियो ।