मंगलबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.१५ अंकले बढेर २५७५.६६ मा पुगेकाे छ । मंगलबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९ प्रतिशतले बढेर एक हजार एक सय ३४ रूपैयाँ पुगेकाे छ ।
त्यसैगरी, बढेकाे बजारमा क्रमश: सानीमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड, जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड, अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड, समीट लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, अपर तामाकाेशी, हाइड्राे इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र आइएमइ जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् ।
हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा पुग्यो एचआईडीसीएल हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले हकप्रद निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को ढोकामा पुगेको छ ।
कम्पनीले १:१ अर्थात् १ बारबार १ को अनुपातमा ११ अर्ब रुपैयाँबराबरको हकप्रद निष्कासन गर्न गत चैत १२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद निष्कासन गर्दैछ। कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।