स्थानीय तहमा सहयात्रा गरी अघि बढेका कांग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संघ र प्रदेशमा एक्लाएक्लै चुनावमा जान्छन् कि गठबन्धन नै कायम रहन्छ भन्ने बहस चलेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले संघ र प्रदेशमा एक्लाएक्लै चुनावमा जाँदा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको हरिबिगोज हुने दाबी गरेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा गृहमन्त्री खाणले गठबन्धन माओवादी र नेकपा एसका लागि अनिवार्य रहेको बताए । बैठकमा गृहमन्त्री खाणले प्रत्येक जिल्लाको सबै पार्टीको साङ्गठनिक शक्तिबारे बैठकमा रिपोर्ट पेश गरेको स्रोतले बतायो ।
गृहमन्त्री खाँणले सबै दल एक्ला एक्लै चुनावमा जाँदा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादीले ८ सिट र नेकपा एकीकृत समाजवादीले एक सिटम मात्रै जित्ने ठोकुवा गरे । यसैगरी राप्रपा, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि एक एक सिट जित्न सक्ने गृहमन्त्रीले रिपोर्ट पेश गरे ।
गृहमन्त्रीले चुनावमा एक्लै जाँदा माओवादी र नेकपा एसको हरिबिजोग हुने तथ्यांक राखे । माओवादीले बढीमा ८ सिट र नेकपा एसले एक सिट मात्रै जित्ने उनको रिपोर्ट थियो ।
गृहमन्त्री खाणले सवै दल एक्ला एक्लै जाँदा कांग्रेसले ८० सिटको हाराहारीमा जित्ने र नेकपा एमालेले ५७ सिट ल्याउने दावी गरे ।यस्तै जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले गरी १६ सिट जित्ने गृहमन्त्रीले बताएको स्रोत बताउँछ ।