प्रधानमन्त्री शेरबहादुर देउवाले पत्नी आरजुलाई प्रधानमन्त्री बनाएर आफू राष्ट्रपतिको कुर्सीमा बस्ने रणनीति बनाएको भन्दै नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आक्रोश व्यक्त गरेका छन् ।
उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको इसारामा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० को गठबन्धन बनेको आ’रोप लगाए । नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
उनले भने, “पाँच दलीय गठबन्धन वैचारिक, सैद्धान्तिक आधारमा भन्दा पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको इसा’रामा भएको हो । प्रचण्डको भारत भ्रमण हेर्दा नेपाललाई शक्तिकेन्द्रको खेल मै’दान बनाउने चाहना स्पष्ट देखिन्छ ।
दिल्लीमा प्रचण्ड र आरजु राणा आलोपालो प्रधानमन्त्री हुने सहमति भएको कुरा बाहिर आएको छ । झलनाथ खनाल, माधव नेपाल र रामचन्द्र पौडेललाई राष्ट्रपतिको घाँस हाल्ने तर आफै राष्ट्रपति बनेर मुलुक आफ्नो परिवारको क’ब्जामा राख्ने शेरबहादुर देउवाको रणनीति छ ।”
पाँच दलीय गठबन्धन चुनाव अगाडि नै भंग हुने पनि बस्नेतले दाबी गरे । उनले थपे, “माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जसरी पनि कांग्रेस र एमालेको बहुमत पुग्न नदिने र आफू तेस्रो दल बनिरहने षड’यन्त्रमा हुनुहुन्छ ।
परिवारवादको राजनीति गरेर आफ्ना छोरीज्वाइँ, बुहारीलाई अघि बढाउने रणनीतिमा हुनुहुन्छ । त्यसैले म पाँच दल लामो समय एकसाथ जाने देख्दिनँ । कांग्रेस र माओवादीबीच गठबन्धन भएको स्थितिमा माधव नेपाल, उपेन्द्र यादव र चित्रबहादुर केसी अर्को गठबन्धनमा जाने खालको नयाँ समीकरण बन्न सक्छ ।”
नेकपा ९एकीकृत समाजवादी० मा एमालेसँग सहकार्य र एकता गर्नुपर्छ भन्ने ठूलो पंक्ति तयार भएको पनि उनले दाबी गरे । एमाले नेता बस्नेतले भने, “उहाँहरुको दलमा गम्भीर समीक्षा भइरहेको छ । झलनाथ खनालले कांग्रेस र प्रचण्डलाई सहयोग पुग्ने गठबन्धन गल्ती हो भन्ने कुरा खुलेर राख्नुभएको छ । माधव नेपाल पनि एमालेवि’रुद्ध अभिव्यक्ति नदिने तहमा पुगेको देख्छु ।
त्यसैले नेकपा एमाले कत्ति पनि डराएका छैन । जनतालाई सचेत गराउँदैछ ।” संघ र प्रदेशको निर्वाचन गराउनका लागि सर्वदलीय सरकार आवश्यक रहेको पनि बस्नेतले औंल्याए । उनले भने, “मंसिर २१ गते प्रतिनिधिसभाको समयावधि सकिन्छ । तर देउवा सरकारले चुनाव गराउने नैतिक आधार गुमाइसकेको छ । त्यसैले सबै दललाई समेटेर स्वच्छ निर्वाचन गराउने खालको सरकार बन्नुपर्छ भन्ने हाम्रो माग हो ।”