पुँजी बजारमा लगानीकर्ता आकर्षित भैरहेका बेला फेरी अर्को नयाँ कम्पनीले आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । एक जलविद्युत् कम्पनीले ६२ करोड ५०लाखको आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।
ओखलढुंगा र रामेछाप जिल्लामा १२० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनी ग्रीन भेञ्चर्स लिमीटेडले ६२ लाख ५० हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नका लागि यो कम्पनीले आवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता रु. १०० दरका धितोपत्रको सार्वजनिक निश्कासन गर्न खोजेको हो ।धितोपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । ग्रीन भेञ्चर्स प्रालि भारतको भिलवारा इनर्जी लिमीटेड र नेपालको त्रिवेणी इनर्जी प्रालिको संयुक्त लगानी रहेको कम्पनी हो ।