नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भेट नगरेको खबर माथि विभिन्न टिकाटिप्पणी भइरहेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग मोदीको भेट नभएको विषयमा पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा र टिकाटिप्पणी भइरहेका छन्।
अध्यक्ष प्रण्चडसँग प्रधानमन्त्री मोदीले भेट नगरेको राजनीतिक विश्लेषक मुमाराम खनालले पाँचवटा बुँदामा टिप्पणी गरेका छन्। विश्लेषक खनालले सामाजिक सञ्जालमार्फत् दुई,दुई पटक प्रधानमन्त्री भइसकेका मुलुकका एकजना प्रभावशाली नेतालाई भारतीय प्रमले अन्तिम समयमा आएर भेटवार्ता स्थगित गर्नु नेपाल प्रतिको अपमान र हेपाहा प्रवृत्ति भएको टिप्पणी गरेका छन्।
प्रचण्डसँग भेट हुन नसक्नुमा नेपालको परराष्ट्र मन्त्रालय, भारतका लागि नेपाली दुतावास र पुष्पकमल दाहालको सचिवालय पनि यसका लागि जिम्मेवार रहेको टिप्पणी गर्दै उनले एक जना पूर्व प्रमले भारतीय प्रमसँगको भेटघाट गर्नेजस्तो गम्भीर बिषयलाई कुनै पनि प्रकारको समन्वय र सूचनाबिना उतै गएर भेटघाट मिलाउने भन्ने दाहाल, माओवादी पार्टी र नेपालको तदर्थवादी चरित्रले गर्दा मुलुककै बदनाम भएको उल्लेख समेत समेत समेत गरेका छन्।
भ्रमणका क्रममा भारतमा पुग्नेबित्तिकै प्रचण्डले १९५० को नेपाल भारत सन्धिको पुनरावलोकन तथा लामो समयदेखि भारतीय प्रधानमन्त्रीले नजरअन्दाज गर्दै आएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन बुझ्नुपर्ने विषयको उठान गरेको र दाहालले गरेको बिषयवस्तुको उठान आफैंमा स्वागतयोग्य कुरा रहेको जनाएका छन्।
तर भारत नेपाल जस्तो तदर्थमा चल्ने मुलुक नभएको भन्दै संस्थागत चरित्र भएको मुलुक भएको उनले उल्लेख गरेका छन्। प्रचण्ड स्वयं भारत भ्रमणमा रहेको र भारतीय प्रधानमन्त्रीसँग भेटघाटको समेत व्यवस्था रहेको सन्दर्भमा यस्ता विषयवस्तुको सार्वजनिक उठानले राजनीतिक अर्थ मात्र राख्ने भन्दै, कुटनीतिक रुपमा अर्थ नलाग्ने उनको टिप्पणी रहेको छ।
प्रचण्डले सही कुरा गरे पनि कहाँ, कसरी र कुन परिस्थितिमा बिषयवस्तुको ग’म्भीरतालाई ग्रहण गर्ने र प्रस्तुत गर्ने भन्ने कुरामा चुकेका खनालको भनाइ छ।’जसले गर्दा न परिणाम आयो, न उनले नै जस पाए’ उनले भने।