नेपाली सेनाका अवकाशप्राप्त अधिकारीहरूले अमेरिकी राज्य साझेदारी कार्यक्रम ९एसपीपी०को वकालत गरिरहेको खुलासा भएको छ । यसको अनुसन्धान गर्न राष्ट्रिय सभामा कुरा उठेको छ ।
बुधवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद विमला राई पौड्यालले एसपीपीमा सेनाका निवृत्त अधिकारीको संलग्नता रहस्यमय रहेको बताएकी हुन् ।
‘एसपीपीको पत्राचार गर्दा सेनाबाट राजनीतिक नेतृत्व बेखबर भएको देखिन्छ, जुन डरलाग्दो कुरा हो । यसलाई हामी कसरी सुधार गर्दैछौं रु यतिधेरै पत्राचार हुँदा पनि परराष्ट्र बेखबर रहेकाले कसरी सेन्टरमा राख्न सक्छौं ?
त्यसमा के सुधार गर्यौं रु’ सांसद पौड्यालले भनिन्, ‘अहिले आएको एसपीपीको ड्राफ्ट कहाँबाट आयो रु कसले ल्यायो रु कसले गरेको थियो रु अहिलेसम्मको कुरा आएको छैन ।’
सुशील कोइराला नेतृत्वको सरकारले भूकम्पको समयमा एउटा परिस्थितिमा पत्राचार गरेपनि सरकार फेरिएपछि सेनाले राजनीतिक नेतृत्वसँग छलफल नै नगरी अमेरिकालाई पत्राचार गरेको उनले बताइन् ।
सांसद पौड्यालले अमेरिकामा ग्रीनकार्ड लिएर बसेका सेनाका अवकाशप्राप्त अधिकारी नै एसपीपीको वकालतमा लाग्नु डरलाग्दो विषय भएको भन्दै छानबिन गर्न माग गरिन् ।
‘एसपीपीसँग लुकेको कुरा, मैले सुनेको समाचार असत्य होस् । नेपाली सेना अहिलेसम्म निर्विवाद छ । तर, सेनाका उच्चपदस्थ अधिकारी कि आफ्नो ग्रीनकार्डमा या परिवारको ग्रीनकार्डमा अमेरिका बस्छन् ।
एसपीपीमा अवकाशप्राप्त उच्चपदस्थ सेनका अधिकारीले धेरै छलफलमा भाग लिएको देखिन्छ । त्यसैले यो अनुसन्धानको विषय बन्नुपर्छ । बहुत डरलाग्दो विषय भएकाले रक्षामन्त्रीको हैसियतमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ राष्ट्रिय सभामा मनोनित सांसद पौड्यालले भनिन् ।
चर्को विरोधपछि सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । तर अमेरिकालाई यस सम्बन्धमा पत्राचार नभएकाले कुनै पनि बेला ब्युँतिन सक्ने भन्दै सांसदहरूले प्रश्न उठाइराखेका छन् ।