पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ।
एकीकृत समाजवादीको मंगलबार बसेको सचिवालयको ३२ औं बैठकले वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको हो ।
बैठकले अन्य चार निर्णय गरेको छ । जसमा संगठन सुदृढीकरण अभियान अघि बढाउने, समाजवादबारे अवधारणा सम्बन्धी दस्तावेज तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे एक प्रस्ताव तयार गर्ने निर्णय गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।
गठबन्धन कायम रहेपनि एमालेलाई चुनाव जित्न सहज – महासचिव
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा एमाले प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् ।
बुधबार अनलाइनका सम्पदाकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले गठवन्धन कायम भएपनि विजय हाँसिल गर्न सक्षम भएको दावी गरे । उनले भने, ‘आउने निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धन कायम राखियो भने पनि नेकपा एमाले विजय हासिल गर्न सक्षम छ भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु ।’
महासचिव पोखरेलले स्थानीय निर्वाचन र आउने निर्वाचनमा केही भिन्नता हुने भन्दै स्थानीय निर्वाचनमा संस्थापनको विपक्षमा रुझान देखिएको बताए ।
नेकपा एमालेलाई ‘विचौ’लियासँग हिमचिम गरेर कसरी भ्र’ष्टाचार रोकिन्छ ?’ भन्दै प्रश्न गरिएको छ । बुधबार राजधानीमा एमालेले आयोजना गरेको ‘अनलाइनका सम्पादकहरुसँग एमालेको अन्तक्रिया’ कार्यक्रममा नेपाल मुहारडटकमका माधव बस्नेतले सो प्रश्न सोधेका हुन् ।
बस्नेतले एमालेलाई दुईवटा प्रश्न गरेका थिए । उनले पहिलो प्रश्न संघीयताबारे एमालेको आधिकारीक धारण के हो रु भन्दै प्रश्न गरेका थिए भने दोस्रो आफै विचौलियासँग हिमचिम गरेर कसरी भ्रष्टा’चार गर्नुहुन्छ ? भन्दै प्रश्न गरेको थिए ।
उनले भनेका थिए( केपी ओली सरकारकै सञ्चारमन्त्री गोकुल बस्कोटा पोलिट ब्युरो सदस्यले यो संघीयता अफापसिद्ध भइसक्यो भनेर भन्नुभयो । एकपटक परीक्षण गरौं भनेर गोकुल बस्कोटामार्फत त्यो बोल्न लगााइएको हो ? संघीयताप्रति नेकपा एमालेको धारणा के हो ?
उनको दोस्रो प्रश्न थियो( ‘एमालेका शीर्षतहका ९८ प्रतिशत नेताहरु, सय नै भन्दा पनि हुन्छ तर दुई प्रतिशत घटाऔँ, आर्थिक वि’चौलिया, अर्थिक भ्र’ष्ट, ब’दमास व्यक्तिहरुसँग मात्रै हिमचिम गरेको भेटिन्छन् । अनि तपाईंहरु कसरी आर्थिक समृद्धीका कुरा, भ्रष्टा’चार रोक्ने कुरा गर्नुहुन्छ ? तपाईँहरुको यस्तो नीति के हो ?’
त्यसपछि एमाले महासचिव शंकर पोखरेलले पत्रकारहरुले राखेका प्रश्नको जवाफ दिएका थिए । तर, माधव बस्नेतको दुईवटै प्रश्नको जवाफ दिएनन् ।