पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता भीम रावल आफ्नो अडानमा कतिसम्म जब्बर बन्छन भन्ने कुरा प्रतिनिधिसभाको आजको एउटा घटनाक्रमले पुष्टि भएको छ । आफ्नो भनाई प्रष्टसँग राख्ने छवि बनाउनु भएको पूर्वउपप्रधानमन्त्री रावलले आज एक्लै संसद बैठक नै स्थगित गराइ दिनुभएको छ ।
संसदको आजको बैठकमा सांसद रावलले सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम ९एसपीपी० मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै सरकारलाई रुलिङ गर्न माग गर्नुभयो ।
प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाण र परराष्ट्रमन्त्री डा। नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गर्नुभयो ।
मन्त्रिपरिषदले एसपीपीमा सहभागी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै रावलले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राख्नुभयो । रावलको लगातारको अडानपछि सभामुखको आशनमा रहनुभएका सांसद सत्या पहाडी असिन पसिन हुनुभयो ।
उहाँले पटक–पटक सांसद रावललाई आशन गर्न आग्रह गरे पनि सांसदले एसपीपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने मागसहित रोष्ट्रममै उभिरहनुभयो ।
बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो प्रस्तावमा सांसदहरुहरु शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राख्नुभएको थियो ।
सो प्रस्तावमा धारणा राख्न रोष्ट्रममा पुग्नुभएका सांसद रावलले एसपीपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गर्नुभयो । उहाँले सरकारलाई सहयोग गर्नका लागि नै आफूले यस्तो माग राखेको भन्दै अडान कस्नुभयो ।
पाहाडीको केही नलागेपछि सभामुख अग्निप्रसाद सापकोटा नै आसनमा बस्नुभयो र पटक–पटक विषयान्तर भएको भन्दै सांसद रावललाई आशन ग्रहण गर्न आग्रह गर्नुभयो । पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुपर्यो ।