जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष छानबिन समितिले सिंहदरबारका दुवै गेटको सीसीटीभी फुटेज पनि अध्ययन गर्ने भएको छ।
समितिले शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश दिइ करका दर हेरफेर गरेको कुनै ‘क्लु’ फेला पार्न नसकेपछि सिंहदरबार प्रवेश गर्ने दक्षिण र पश्चिम गेटका सीसीटीभी फुटेज अध्ययन गर्ने निर्णय गरेको हो।
समिति सदस्य सचिव सुरेन्द्र अर्यालले बताएअनुसार आइतबार बसेको समिति बैठकले प्रहरीसँग दुवै गेटको सीसीटीभी फुटेज उपलब्ध गराउन लिखित आग्रह गरिएको छ। ‘सिंहदरबार प्रवेश गर्ने दुवै गेटको सीसीटीभी फुटेज मगाउने निर्णय भएर लिखित आग्रह गरिएको छ,’ अर्यालले भने।
समितिका एक सदस्यले बजेट निर्माण गर्दा जनार्दन शर्माले गलत गरेको कुनै क्लु फेला नपरेपछि अर्को बाटोबाट छानबिन गर्न लागिएको बताए।
‘अहिलेसम्म अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा गलत गरेको कुनै क्लु फेला परेको छैन,’ ती सदस्यले भने, ‘विभिन्न एंगलबाट छानबिन गरिँदैछ।’
समितिको बैठक भोलि सोमबार ९९ साउन० मा पनि बस्दैछ। बिहान ८ बजे बोलाइएको बैठकमा अब कुन कुन क्षेत्रमा हात हाल्नेरु के के विषयमा छानविन गर्ने निर्णय हुनेछ।
१४ जेठमा बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै २२ असारमा शर्मामाथि छानविन गर्न ११ संसदीय विशेष समिति बनेको थियो।
समितिले पहिलो चरणमा पाएको १० दिनको समयमा पनि छानविन नसकिएको भन्दै समय माग गरेको थियो। समितिलाई ५ साउनमा थप ७ दिनको समय दिइएको छ।
यसैबीच डिलिट भएको भनिएको सीसीटीभी फुटेजलाई रिकभर गराउन प्रहरीको फरेन्सिक ल्यावमा पठाइएको रिपोर्ट अझै प्राप्त नभएको सदस्य सचिव अर्यालले बताए। ‘फरेन्सिक ल्या’बको रिपोर्ट अझै आएको छैन,’ उनले भने।