गायक तथा संगीतकार दीपकराज विश्वकर्माको संगीत तथा आवाजमा पश्चिमेली टिपिकल गीत ‘हे सुवा’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ। उक्त गीतमा रबिना स्वप्निल गिरीको शब्द, गायक स्वयम् दीपकराजको संगीत तथा संगीत संयोजन रहेको छ।
गीतको भिडिओमा निर्देशन पनि गायक विश्वकर्माको रहेको छ। छायांकन बुद्ध थापा, नृत्य निर्देशन केशबराज भट्ट, सम्पादन विकाश दाहाल, ड्रोन बिशाल सापकोटा को रहेको छ भने उक्त रमाइलो गीतको भिडिओमा चर्चित मोडल चक्र बम र मिना शाहीको दमदार अभिनय देख्न पाइन्छ।
गीतको भिडिओलाई ओएसआर डिजिटलको यूट्युब च्यानलमा हेर्न सकिन्छ। दिपकराज विश्वकर्माद्वारा केही समयअघि संगीतबद्ध गीत ‘पिरतीको गुन्द्री’ ले बजारमा राम्रै चर्चा कमाएको थियो। उनी गायक मात्र नभई संगीतकारका साथै साउण्ड इन्जिनियर पनि हुन्।