राजसंस्थासहितको हिन्दूराष्टको पक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ उद्घोष गरेका छन् । उनले राजसंस्थासहितको हिन्दूराष्ट स्वीकार्न कांग्रेस, एमाले र माओवादी बाध्यहुने जिकिर गरेका हुन् ।
काठमाडौंमा आइतबार भएको कार्यक्रममा अध्यक्ष लिङ्देनले राप्रपाले अहिले उठाएको मु’द्दा असम्भव भएपनि समय आएपछि सबै राजनीतिक दल एक ठाउँमा उभिन बाध्य हुने बताएका हुन् ।
‘कुनै समय तत्कालीन माओवादीले संविधानसभाको माग गर्दा कांग्रेसले र एमालेहरू गणतन्त्र र धर्मनिरपेक्षताको कुरा स्वीकार्न त परिजाहोस्, संघीयताको त नामसमेत उठेको थिएन ।
संविधानसभा माग गर्ने माओवादीलाई उनीहरूले आतं’कका’री घोषणा गरेका थिए’, उनले भने, ‘तर एउटा समय आएपछि एमाले–कांग्रेसले संविधानसभामात्र स्वीकारेन धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताजस्ता माओवादीको एजेण्डा नै स्वीकार गर्यो । त्यसैले अहिले हाम्रो मु’द्दा असम्भव जस्तो लागेपनि समय आएपछि कांग्रेस, एमाले र माओवादी हाम्रै एजेण्डा मान्न बाध्य हुनेछन् ।’
उनले राजनीतिम अंकगणि जस्तो दुइमा दुइ जोडेर चार नहुने तर्क गरे । राजनीतिमा दुइमा दुइ जोड्दा कहिलेकाहिँ १०४ पनि हुने र आफूहरू त्यहि परिणाम निकाल्ने बाटोमा लागेको बताए । कार्यक्रममा उनले राजनीति स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अविभागीय भूमिकामा राजसंस्था राख्नुपर्ने अडान दोहोर्याए ।