हालै सम्पन्न स्थानीय चुनावमा गाउँपालिकाको अध्यक्ष जित्न १० करोड रुपैयाँसम्म खर्च भएको खुलासा भएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो कुरा बताएका हुन् । तर, कुन दलका उम्मेदवारले १० करोड खर्च गरेको भने उनले खुलाएनन् ।
नरबहादुर कर्मचार्यको ९ औं स्मृति दिवसको अबसरमा आयोजित कार्यक्रममा प्रचण्डले धेरै पैसा खर्च गर्न र तिकडम नजाने चुनाव जित्न नसकिने बताएका हुन् ।
‘साथीहरुले गाउँपालिकाको चुनावमा १० करोड खर्च गरेर जितेको रिर्पोट सुनाउनु भएको छ, बारफे बाफ १० करोड,’ प्रचण्डले भने, ‘प्रदेश र संघको चुनावमा ५० औं करोड खर्च गर्ने भए, अरबतिर जाने भए ।’
प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने ख’तरा रहेको दावी गरे । ‘शुरूमा क्रा;न्तिको राप’ताप हुँदा माओवादी भनेर उठाइदिएपछि चुनाव जित्ने पक्का जस्तै थियो । अब अहिले धेरै पैसा खर्च गर्न सकेन र तिक’डम गर्न नसके चुनाव जितिन्न,’ प्रचण्डले भने ।
संविधान निर्माणको क्रममा आफूहरूले फरक मत राखेका कारण अहिले आलोचना गर्न पाउने उनले दावी गरे । प्रचण्डले आशन्न निर्वाचनमा विचार र मु’द्दा मिल्ने दलसँग तालमेल हुने बताए ।
‘सकेसम्म विचार मिल्ने मु’द्दा मिल्नेको बिचमा तालमेल गर्छौं, गठबन्धनमा न्यायोचित ढंगले सबैलाई न्या य हुने ढंगले तालमेल हुने कुरा भएको छ,’ उनले भने ।
उनले चुनावी ब्याटल जित्नुपर्ने भन्दै तीन चार महिना विशेष ढंगले खटिन कार्यकर्तालाई निर्देशन दिए ।