प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको शल्यक्रि या गरिएको छ। हालै दिल्लीस्थित म्याक्स अस्पतालमा आरजुको शल्य’क्रिया गरिएको हो।
उनको पा ठेघरसम्बन्धी शल्य क्रिया गरिएको उनका चिकित्सकले बताए। आरजुले पनि फेसबुकमार्फत आफ्नो शल्य क्रिया गरिएको जानकारी दिएकी छन्।
उनले आफ्नो सफल शल्य क्रिया र उपचारका लागि प्राडा हरित चतुर्वेदी र डाक्टर कन्किता बत्रा मोदीलाई धन्यबाद दिएकी छन्। यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस केन्द्रीय सदस्य आरजुबीच दिल्लीस्थित नेपाली दूतावासमा भेट पनि भएको थियो।
यता, प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा प्रधानमन्त्रीविरु’द्ध नारा’बाजी भएको छ । सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा केही युवाहरूले प्रधानमन्त्री देउवाको विरु’द्धमा नाराबा’जी गरेका थिए ।
उनीहरूले ‘राष्ट्रिय एकताको रक्षा गरौ’ ‘स्वाधिनताको रक्षा गरौुं,’नागरिकता विधेयक खारे;ज गर्’एमसीसीको मति’यार मुर्दा’वाद’ लगायतका ना’रा लगाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरुको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताए । उनले वीर सहि’दहरूको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताए ।
प्रधानमन्त्री देउवाले भीमसेन थापाले नेपालको स्वाधीनता र राष्ट्रियतालाई जोगाउन खेलेको भूमिका अतुलनीय रहेको बताए । उनले पृथ्वीनारायण शाहको पालाबाट सुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन भीमसेन थापाको भूमिकाको प्रशंसा गरेर नसकिने बताए ।
प्रधानमन्त्री देउवाले भीमसेन थापाले मुलुकको अर्थतन्त्रको सुदृढीकरणका लागि तराईको आवादी वृद्धि गरी राज्श्व वृद्धि गर्ने, बजारको व्यवस्था गरी आर्थिक कारोबार बढाउने, मानापाथीलाई प्रचलनमा ल्याई नापतौललाई व्यवस्थित गर्ने जस्ता महत्त्वपूर्ण आर्थिक सुधारका कार्यहरु गरेको उल्लेख गरे ।