विवादित नागरिकता विधेयक, अमेरिकी सहायता सम्झौता एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रममै वि’रोध सहनु परेको छ।\
विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक संघीय संसदको तल्लो सदनबाट पास भएर माथिल्लो सदनमा सोमबार छलफल भएलगत्तै देउवाले विरो’धको स्वर सहनु परेको हो।
नागरिकता विधेयक राष्ट्रियसभामा विचार गरियोस् भनेर प्रस्ताव भइरहेका बेला देउवा सोमबार राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका थिए।
प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको उक्त कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि देउवालाई उद्घोषकले मञ्चमा बोलाए।
देउवा कोट मिलाउँदै मञ्चबाट पोडियमतर्फ अघि बढ्नेबित्तिकै हलको पछिल्लो ढोकातिरबाट ‘नागरिकता विधेयक खारेज गर, खारेज गरु भन्दै प्लेकार्डसहित एकजना युवकले ना’राबा’जी गरे।
कार्यक्रममा बोल्न उठेका देउवा नाराबाजीले अक्क न बक्क भए। तर तत्कालै उनका निजी सुरक्षागार्डले देउवालाई मञ्चतिर लगे। नागरिकता विधेयकविरु’द्ध नारा’बाजी’ गरेका युवकलाई त्यहाँ तैनाथ सुरक्षाकर्मी र स्वयंसेवकले तत्कालै नियन्त्रणमा लिएर।
तर नियन्त्रणमा लिँदा पनि ती युवकले देउवाविरु’द्ध नारा लगाइरहे। देउवाले भाषणका क्रममा पनि नारा’बाजी नरोकिएपछि हो भन्दै मुस्कुराएजस्तो देखियो ।
ती युवकलाई निय’न्त्रणमा लिइसकेको अवस्थामा हलबाटै अर्का व्यक्ति ना’रा’बाजी गर्दै निस्किए। उनले देउवालाई एमसीसीको म’तियार भन्दै आलोचना गर्दै नारा लगाए।
एमसीसीको मति’यार शेरबहादुर देउवा मु’र्दावाद, राष्ट्रियताको रक्षा गरौं र स्वाधीनताको रक्षा गरौँसहितका चर्का नारा लगाएका ती अर्का व्यक्तिलाई पनि प्रहरीले पक्रि’एको छ।
यसैबीचमा देउवालाई सुरक्षाकर्मी र स्वयम् सेवकले पोडियममा पुर्याएका थिए। उनले विरोधकाबीच उक्त कार्यक्रममा आफ्ना भनाइ राखेर कार्यक्रमस्थलबाट बाहिरिए।