संसदीय छानबिन विशेष समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबले उपलब्ध गराएको सीसीटीभी फुटेजको प्रतिवेदन दिउँसो विज्ञ राखेर अध्ययन गर्ने भएको छ। मंगलबार (१० साउन) मा बसेको समितिको बैठकमा फरेन्सिक ल्याबको रिपोर्ट खोलेर देखाइएको थियो।
तर, समितिले विज्ञ राखेर परामर्श गरेपछि मात्र त्यसबारे सार्वजनिक गर्ने सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। अर्थमन्त्री जनार्दन शर्माले १४ जेठ राति बजेटलाई अन्तिम रुप दिँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गराएको भन्दै २२ असारमा गठित ११ सदस्यीय समितिले अर्थको सीसीटीभी अध्ययन गरेको थियो।
तर, सीसीटीभी फुटेज नै डिलिट भएपछि त्यो रिकभरका लागि ४ साउनमा प्रहरीको फरेन्सि’क ल्याब पठाइएको थियो। ल्याबले सोमबार (९ साउन) मा समितिलाई फ’रेन्सिक ल्याब रिपोर्ट बुझाएको थियो।
यस्तै, वामदेव गौतमको संयोजगत्वमा घोषणा भएको नेकपा (एकता राष्ट्रिय अभियान) दल निर्वाचन आयोगमा दर्ता भएको छ। गत १४ असारमा राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको सो दलको दर्ता प्रक्रिया सम्पन्न भएको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए।
दल दर्ताका लागि पार्टीका केन्द्रीय सदस्यहरु सोमबार दिउँसो आयोग पुगेका थिए। उनीहरुले आयोगमा पुगेर सनाखत गरेको पाण्डेले बताए। दलको नाम नेकपा ९एकता राष्ट्रिय अभियान० र चुनाव चिह्न ‘धानको बाला’ राखिएको छ। चन्द्र आकारको गोलाकारभित्र झुलेको धानको बाला राखिएको उनले बताए।
‘आज वा भोलि निर्वाचन आयोगले प्रमाणपत्र दिन्छ होला,’ पाण्डेले भने, ‘हामीले आवश्यक प्रक्रिया सबै सम्पन्न गरेका छौं।’ सुरुमा गुलाबको रुख चुनाव चिह्न मागेर आयोगमा दल दर्ता गराइएको थियो। उक्त चिह्न अर्कै दलले प्राप्त गरिसकेको भेटिएपछि ‘धानको बाला’ रोजिएको हो।
दल दर्ता गरेर अघि बढेका वामदेव पछिल्लो समय नेपालका वामपन्थी दलहरुलाई एकीकृत गर्ने अभियानमा होमिएका छन्। उनले पार्टी घोषणा गरेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेटघाट बाक्लो बनाएका छन्।