पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले नेता घनश्याम भुसालबीच १५ मीनेट कुराकानी भएको छ । उनीहरुबीच सिंहदरबारभित्रको सडकमा जम्काभेट हुँदा कुराकानी भएको हो ।
संघीय संसद सचिवालयको पश्चिम कुनोमा दुई नेताले आत्मीय शैलीमा कुराकानी गरेको त्यहाँबाट ओहोरदोहोर गर्ने धेरै जनाले देखेका थिए ।
उनीहरुबीच के विषयमा कुराकानी भयो भन्नेबारे जानकारी दिइएको छैन । निकै हँसिलो भावमा उनीहरुबीच १५ मीनेट कुराकानी भएको बताइएको छ ।
प्रचण्डलाई घनश्यामको प्रस्ताव – एमाले पनि अटाउने मोर्चा बनाउनुस्
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।
प्रचण्ड र भुसालबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको हो । उक्त भेटमा प्रचण्डले आफूहरु नेकपा समाजवादी केन्द्र बनाउने प्रयासमा रहेको बताएका थिए । भुसालले भने, ‘एमाले बाहेकको मोर्चाले के गर्छ र ? एमाले समेत अटाउने मोर्चा बनाउनुस् ।’
नेता भुसाल कम्युनिस्ट दलहरुमा आवद्ध दोस्रो तहका नेताहरुको सम्वाद गर्ने मञ्च बनाउनेबारे माओवादी नेता शक्ति बस्नेतसँग छलफल गर्न माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा पुगेका थिए ।