नेकपा माओवादी र एकीकृत समाजवादीसँगको सहकार्यमा स्थानीय तहको निर्वाचबाट ३२९ सिट जितेको सत्ता नेतृत्वकर्ता दल कांग्रेस अबको चुनावमा पनि एक नम्बर बन्ने दाउमा छ । संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन बनाएर जाने र आफूलाई पहिलो दल बनाउने निर्णय उसले गरिसकेको छ ।
संघ र प्रदेशको निर्वाचनमा गठबन्धनको सहयोगमा बहुमत ल्याउने रणनीति कांग्रेसको छ । आगामी निर्वाचनमा १६५ मध्ये ६० प्रतिशत सिट आफूसँग राखेर ४० प्रतिशत सिट गठबन्धनका अन्य दललाई दिन तयार देखिएको छ ।
तर कांग्रेसको रणनीतिबाट तर्सिएका प्रचण्ड–माधवले आगामी निर्वाचनमा बहुमत ल्याउन नदिने गरी सिट बाँडफाँटअघि नै समाजवादी केन्द्र बनाएर कांग्रेसलाई दबाब दिने रणनीति बनाएका छन् ।
गठबन्धनको सहयोगमा कांग्रेसले बहुमत ल्याए आगामी दिनमा अफूहरूको राजनीति सकिने त्रा’स प्रचण्ड–माधवमा देखिएको छ । माओवादी, नेकपा एसभित्रै कांग्रेससँग भन्दा पनि एमालेसँगै चुनावी तालमेल गर्न दबाब दिइरहेका छन् ।
वामदेवले त कांग्रेसले बहुमत ल्याए नेपालको कम्युनिष्ट आ’न्दोलन नै समा’प्त हुने चेतावनी दिएका छन् । सिट बाँडफाँट अघि नै वामपन्थी र समाजवादी शक्तिबीच एकता वा गठबन्धन बनाउन सकिए कांग्रेसलाई गलाउन सकिने निष्कर्षमा उनीहरू पुगेका छन् ।
यद्यपि कांग्रेसले समाजवादी केन्द्र गठनबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि नेता रामचन्द्र पौडेलले प्रचण्ड–माधवको गतिविधिप्रति शंका व्यक्त गरेका छन् ।
‘कम्युनिष्टहरू मिलेर कांग्रेसलाई एक्ल्याउने तयारी भइरहेको छ । कांग्रेसलाई एक्ल्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागिपरेका छन् । यसमा कांग्रेस सचेत हुन जरुरत छ ।’, गतहप्ता काठमाडौंको एक कार्यक्रममा पौडेलले भनेका थिए ।
स्थानीय तहको निर्वाचनपछि कांग्रेस ठूलो दलमा स्थापित भएपछि कांग्रेसको घमण्ड बढ्दै गएको प्रचण्ड–माधवको बुझाइ छ । माधव नेपालले त हाम्रै ढाडमा टेकेर कांग्रेसले हामी माथि नै बु’र्कुसी मा’र्ने डर भएको अभिव्यक्ति दिएका छन् ।
आगामी राजनीतिक भविष्यलाई लिएर तनावमा रहेका प्रचण्ड–माधव कांग्रेस र एमालेलाई बहुमत आउन नदिने गरी शक्ति सञ्चय गरी सत्ताको साँचो आफ्नै हातमा लिने रणनीति छन् ।