पूर्वअर्थमन्त्री जनार्दन शर्मा फेरि मन्त्रालयमै फर्कने चर्चा चुलिएको छ । यसबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार गर्दैछ । त्यसमा एमाले सांसदहरूले मधुर ध्वनिमा असहमति जनाउनेछन् । ताकि शर्मामाथि ग’म्भीर आर्थिक अप’राधको प्रश्न नउठोस् ।
छानबिनका १५ दिनको प्रयास र समितिका सदस्यहरूले उठाएका प्रश्नको निर्क्योल निकाल्न भएका प्रयासहरूले शर्मा ‘चोखिने’ सम्भावना बढ्ता देखिन्छ । १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा छिरेका अनधिकृत व्यक्तिको पहिचानमै समस्या देखिएपछि समिति अहिले शर्मालाई दो’षी किटा’न गर्न सक्ने अवस्थामा देखिएको छैन ।
उक्त दिनका सीसीटीभीको फुटेजले पनि प्रस्ट ‘क्लु’ नदिएपछि कल डिटेलको कुरा पनि उठेको थियो । यो प्रसंग पनि व्यक्तिगत गोपनी’यताको कुरा भनेर सेलायो ।
यी सबै परिघटनामा दुईवटा सन्दर्भ जोडिएको देखिन्छ । पूर्वअर्थमन्त्री शर्मालाई गम्भी’र अप’राधका लागि दो’षी कि’टान नगर्ने । दोस्रो, एमाले–माअोवादी केन्द्रबीच तिक्तता पनि नबढाउने ।
कतिपय प्रमाण पुर्याउन नसकेका कारण शर्मालाई दोषी किटान गरेर प्रतिवेदन तयार गर्न समितिलाई सकस परेको छ । अर्थ मन्त्रालयका सचिव र सहमचिवहरूको ब यानले पनि समितिलाई साथ दिएन । त्यसकारण उनीहरूले दो षी कि’टान गरेर कार’बाहीको सिफारिस गर्न सक्ने अवस्था नरहेको सांसदहरूको टिप्पणी छ ।
अर्कातिर, एमालेकै विरोधका कारण शर्माले राजीनामा दिनुपर्ने अवस्था आएको भए पनि संसदीय समितिबाट थप तिक्तता निम्त्याउने पक्षमा देखिएको छैन । सम्भावित वाम गठबन्धनका लागि दैलो बन्द गर्ने गरी एमाले समितिमा चर्को स्व र गर्ने पक्षमा नरहेको विश्लेषण पनि भइरहेको छ । उच्च राजनीतिक स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीसँग पूर्वअर्थमन्त्री जनार्दन शर्माले संवाद पनि गरेका थिए ।
एमाले अध्यक्ष ओलीलाई साइलेन्ट बनाउने प्रयासमा व्यापारी दीपक भट्टले पनि भूमिका खेलेको स्रोतका दाबी छ । यी सबै परिस्थितिले शर्मा पुनः अर्थ मन्त्रालयमा फर्किने सम्भावना बढाएको छ ।
शर्मा अर्थमन्त्रीमै फर्किनका लागि तीनवटा सम्भावित आधार देखिएको छ । एक, समितिको प्रतिवेदन चोख्याउने प्रकृतिमा आउनु । जसका लागि रा’ज्य संयन्त्र नै शर्माको बचाउमा केन्द्रित भएको आरो’प लागेको छ । रिक’भर भएको सीसीटीभीको फुटेजदेखि अर्थका कर्मचारीको बयानसमेत अनपेक्षित रूपमा शर्मालाई साथ दिने खालकै आइदियो । जसले गर्दा शर्मालाई दो’षी किटान गर्न सकिने स्थिति देखिएन ।
समितिले चोख्याउने स्थिति बनेपछि शर्माले इमेज ड्या’मेज कन्ट्रोलका लागि पनि अर्थमा पुनः प्रवेश चाहिरहेका छन् । माओवादी केन्द्रले सुरुमै अर्थमन्त्रीमा पुनः शर्मा नै आउने बताइसकेको थियो । अथर्मन्त्रीबाट शर्माले राजीनामा दिएकै दिन संसदबाहिर नेता वर्षमान पुनले समितिको प्रतिवेदनपछि शर्मा पुनः अर्थमन्त्री हुने बताएका थिए ।
समितिको प्रतिवेदनमा एमालेको मधुर स्वर बन्नुमा आउँदो मंसिरमा हुने संघीय र प्रदेशसभा चुनावमा हुन सक्ने सम्भावित वाम गठबन्धनको भूमिका रहेको छ । यसबीचमा वाम गठबन्धनका लागि एमाले र माओवादीका दोस्रो तहका केही नेताहरू निरन्तर संवादमा जुटेका छन्, वाम गठबन्धनका लागि । समितिमा सदस्य रहेका प्रदीप ज्ञवाली नै वाम गठबन्धनको पक्षमा छन् ।
समिति बन्नु अघिदेखि नै ज्ञवालीले वर्षमान पुनलगायतका नेताहरूसँग भेटेर माहोल बनाउने प्रयास गरिरहेका छन् । एमाले स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेलको भूमिका पनि शर्माको बचाउमा रहेको थियो । त्यसको प्रभाव अध्यक्ष ओलीसम्म पुगेका कारण पनि एमाले मधुर स्वरमा ओर्लिएको दाबी गरिएको छ ।