अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै छन्। उनी दुई दिने भ्रमणका लागि आज नेपाल आउन लागेका हुन्। लू आज साँझ काठमाडौं ओर्लिने छन्।
काठमाडौँमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का लगायतलाई भेट्ने कार्यक्रम छ। कूटनीतिक श्रोतका अनुसार लुको यस भ्रमणका क्रममा राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कुनै पूर्व तालिका नरहेको बताइएको छ।
तर उनको औपचारिक कार्यक्रमहरुबारे भने जानकारी गराइएको छैन्। लु आज साँझ काठमाडौँ आइपुग्ने छन् भने शुक्रबार साँझ स्वदेश फर्कने छन्। यसअघि प्रधानमन्त्री देउवाकै जोडबलमा अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पारित भएको थियो । देउवाले त्यसयता अमेरिकालाई प्राथमिकतामा राख्दै आएका छन् भने अमेरिकाको विश्वास लिन खोजेको देखिन्छ ।
यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् ।
प्रचण्डले टोकियोमा ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । टोकियो खामेइदो कल्चर सेन्टरमा आगामी अगष्ट ७ तारिख हुने कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको उपस्थिति रहने आयोजकले जनाएको छ ।