राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने प्रतिनिधिसभा चुनावको तयारीमा जुटेका बेला पत्रकार खेम भण्डारीले टक्कर दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उनले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् । ‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो ! नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ,’ भण्डारीले लेखेका छन् ।
उनले नि’र्मला ह’त्या प्रक’रणमा लामिछानेले गलत भूमिका खेलेको आ’रोप लगाउँदै त्यसलाई नै चुनावी एजेन्डा बनाउने समेत बताए । विगतमा समेत निर्म’लाको ह’त्यामा ‘भीआईपी’को हात रहेको दाबी गर्दै आएका भण्डारीले रवि लामिछानेले भीआईपीलाई बचाउन खोजेको आ’रोप पनि लगाए ।
रवि लामिछानेको पार्टीद्वारा स्वयमसेवक माग
रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वयमसेवक माग गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा रहेर काम गर्न जनसम्पर्क डेस्क स्वयसेवकदेखि सोसल मिडिया सहयोगीसम्म माग भएको छ।
पार्टीले आज निकालेको सूचनामा आठ जना जनसम्पकर्क डेस्क स्वयसेवक मा भएको छ। बिहान १० देखि साँझ ६ बजेसम्म उनीहरूले काम गर्नुपर्ने हुन्छ भने समयावधि २ महिना मात्रै रहेको छ।
यस्तै कम्प्युटर अपरेटर १० जना माग भएको छ। उनीहरूले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म काम गर्नुपर्ने र समयावधि २ महिना छ। पार्टीले सोसल मिडिया सहयोगी २० जना माग गरेको छ। उनीहरूले १० बजेदेखि अपरान्ह ५ बजेसम्म काम गर्नुपर्ने र समयावधि २ महिना छ।
स्वयमसेवा गर्न किन इच्छुक छु भन्ने व्यहोराको साथमा वैयक्तिक विवरण (सिभी) पनि hr.rspnepal@gmail.com मा पठाउन पनि उक्त पार्टीले आग्रह गरेको छ।