पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिका बादशाह मानिन्छन् । उनी राजनीतिमा मात्रै होइन् ब्याडमिन्टन खेलमा पनि अब्बल देखिएका छन् । आज बिहान बिर्तामोडस्थित हलमा स्थानीय खेलाडीसँग ब्याडमिन्टन खेलेका हुन् ।
एमाले अध्यक्ष ओलीलाई पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य अग्नि खरेलले साथ दिएका थिए ।
‘आफूले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्यायो’
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको बताएका छन् ।
बुधबार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले यसअघि प्रचण्डले तीन वर्ष रोकेर राखेको उक्त विधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको बताएका हुन् ।
पहिले समितिमा नागरिकता विधेयक रोकेर अहिले समितिमा छलफल नै नगराई नयाँ विधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको उनको भनाइ छ ।
त्यस्तै ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने र सिद्धाउनेमा केन्द्रित रहेको तर्क गरे। गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्य’लाई विख\ण्डित गर्ने प्रयास गरेको र गठबन्धन दलका क्रियाकलापका कै कारण संघीयता समेत बद’नाम भएको धारणा राखे।
अध्यक्ष ओलीले एमालेको ध्यान मुलुकको विकास र सुशा’सनमा केन्द्रित रहेको जिकिर गरे।