काठमाडौं महानगरपालिकाले डेढ करोड खर्चेर र्यापर ‘यमबुद्ध’ को नाममा पार्क बनाउने भएको छ । र्यापर यमबुद्धको नाममा काठमाडौं नगरपालिका–१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले डेढ करोड बजेट विनियोजन गरेको हो ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा यमबुद्धको नाममा पार्क निर्माण गर्न प्रक्रिया अघि बढाइ सकिएको छ । मानन्धरले नयाँबजारको जग्गामा पार्क बनाउने निर्णय गरिएको बताए ।
प्रवक्ता मानन्धरका अनुसार उक्त पार्क निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यसअघि महानगरले यमबुद्धको नाममा शालिक निर्माण गर्न १५ लाख बजेट बिनियोजन गरेको सूचना सार्वजनिक भएको थियो । जस्को चर्को आलोचना भएको थियो ।
बिरोधपछि मेयर बालेन्द्र साह (बालेन) आफ्नै तलबबाट यमबुद्धको शालिक बनाउने घोषणा गरेका थिए । यमबुद्ध मेयर बालेनका समेत गुरु हुन्। नेपालका चर्चित र्यापर यमबुद्धले केही वर्षअघि बेलायतको लन्डनमा आ’त्मह’त्या गरेका थिए ।
यता, उनै बालेनलाई मेयर बनेपछिकै कडा झड्का लागेको छ । मेयर बालेन्द्र शाह (बालेन) बि’रुद्ध कहिल्यै नभएको नारा’वाजीसहित प्र’दर्शन भएको हो ।
नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूलाई नगर प्रहरीले हटाउन थालेपछि व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख शाहवि’रुद्ध नारा’बाजी गर्दै प्रद’र्शन गरेका हुन ।
नगर प्रहरीले सडक छेउका व्यवसायीहरुका सामान उठाउन थालेपछि उनीहरूले मेयर शाहविरु’द्ध ना’राबा’जी गरे । महानगरले ज्या’द्धती गरेको भन्दै साँझ बानेश्वरस्थित छक्कुबक्कु पार्क नजिकै सडक छेउमा व्यापारीहरू जम्मा भएर केही बेर नारा’बाजी गर्दै प्रद’र्शन गरेका हुन ।
नगरपालिकाले अर्को व्यवस्थापन नगरिकन आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै सडक छेउका व्यापारीहरू आन्दो’लित बनेका हुन् । उनीहरुले बैकल्पिक ब्यवस्था’बिना यस्तो काम नगर्न चेता’वनीसमेत दिएका छन । काठमाडौं महानगरले फुटपाथमा ब्यापार गर्न नपाउने भन्दै उठाउँदै आएको छ ।