काठमाडौं महानगरपालिकाले दिवंगत एम बुद्धको नाममा पार्क बनाउने भएको छ । त्यसका लागि महानगरले चालु आर्थिक वर्ष ०७९÷८० का लागि एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाले यसअघि र्यापर यम बुद्धको सालिक बनाउन चालु आर्थिक वर्षको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं–१६, खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा यम बुद्धको नाममा पार्क बनाउने गरी बजेट छुट्याइएको हो ।
महानगरका प्रवक्तासमेत रहेका वडा नं। १७ का अध्यक्ष नवीन मानन्धरले विष्णुमतीको किनाामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बन्ने बताए । तर पार्कमा यम बुद्धको सालि’क भने नरहने भएको छ । नयाँ पत्रिकामा खबर छ ।
भोलिबाट फोहोर ढुवानी सुचारु गर्ने तयारी
काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख छ ।
१२ गते विहीबार विहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो ।
विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र शाह ९बालेन० को अध्यक्षतामा रहेको फोहोर व्यवस्थापन समितिको बैठक बसेको थियो । छलफलपछि बैठकले स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो ।
त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो ।
प्रमुख शाहको अध्यक्षतामा गठित समितिको सदस्यहरुमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु प्रेम थापा, भुवन लामा, बालकृष्ण महर्जन, ईश्वरमान डंगोल, कुश ढकाल, नवराज पराजुली हुनुहुन्छ ।
महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध दोहो¥याएको छ ।