राष्ट्रपति द्रौपदी मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेको भन्दै भारतमा यो प्रक’रण तातेको छ । भारतको पश्चिम बंगालका कांग्रेस सांसद अधीर रञ्जन चौधरीले राष्ट्रपति द्रौपदी मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेको भन्दै भारतको संसदमा वि’रोध भएको हो ।
सत्तारुढ भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा कांग्रेसले मा’फी माग्नु पर्ने भन्दै संसद (लोकसभा)मा विरो’ध जनाएका हुन् । चौधरीको टिप्पणीलाई लिएर विजेपी सांसदले हो’हल्ला गरेपछि संसद बैठक नै स्थगित भएको छ ।
संघीय मन्त्री स्मृति इरानीले कांग्रेसले मुर्मूप्रति घृ’णा र उपहा’स गर्ने गरेको आ’रोप लगाइन् । ‘राष्ट्रपतिको उम्मेदवारका रुपमा दौपदी मुर्मूको नाम घोषित भएदेखि नै उहाँ कांग्रेसको घृणा’ र उपहारको शिका’र बन्नुभएको छ,’ इरानीले संसदमा भनिन्, ‘कांग्रेस पार्टीले उहाँलाई कठ’पुतली भन्यो ।’
एक जना आदिवासी महिला देशको सर्वोच्च संवैधानिक पदमा पुगेको कांग्रेसले स्वीकार्न नसकेको उनको आ’रोप छ ।
चौधरीले जिब्रो चिप्लिएर राष्ट्रपत्नी शब्द उच्चारण भएको भन्दै सफाइ दिएका थिए । ‘दुई दिन अघि जब हामी विजय चोकतिर जाँदै थियौं, हामीले कहाँ जाँदै हुनुहुन्छ भनेर सोधियो, मैले राष्ट्रपति भवन जान चाहेको र राष्ट्रपतिलाई भेट्न चाहेको बताउन खोजेको थिएँ, तर गल्तीले मुखबाट राष्ट्रपत्नी शब्द निस्कियो ।’
सत्ताधारी दलले तीललाई पहाड बनाएको चौधरीको आ’रोप छ । उनले भने, ‘मलाई थाहा छ भारतको राष्ट्रपति जो भए पनि हाम्रा लागि राष्ट्रपति नै हो, यो शब्द (राष्ट्रपत्नी) एक पटक मुखबाट निस्कियो, सत्ताधारी दलका केहीले तीललाई पहाड बनाइरहेका छन् ।’