अनधिकृत व्यक्ति भनेर रघुनाथ घिमिरेको नाम आएको छ, तपाईं चिन्नुहन्छ भन्ने प्रश्नमा जनार्दन शर्माले चिनेको कुरा स्वीकार गरेका छन्। तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश/पहुँच दिएको विषयमा छा;नबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदनमा मन्त्रालय आउने जाने क्रममा चिनजान भएको जवाफ दिएको उल्लेख गरिएको छ।
‘पुराना कर्मचारीहरूलाई पनि कहिलेकाहीँ विभागहरूले केही काममा लगाउँदा रहेछन्। मन्त्रालय आउनेजाने क्रममा सामान्य चिनजान छ, नजिकबाट चिन्दिनँ, व्यक्तिगत सम्पर्क छैन’, उनले भनेका छन्। तर, घिमिरे २०७८ भदौ २४ गते राति पनि प्रतिस्थापन बजेटमा राजस्व र करका दर हेरफेरमा सक्रिय थिए।
शर्मा मन्त्री भएपछि उनको नियमित अर्थ मन्त्रालयमा आवात्जावत एकदमै बाक्लो थियो। अर्थ मन्त्रालयका अधिकांश कर्मचारी घिमिरेको आवात्जावत एक महिनाअघिदेखि एकदम बाक्लो रहेको बताउँछन्।
अर्थ मन्त्रालयको लामो अनुभव भएका शोभाकान्त पौडेलजस्ता कर्मचारीलाई बाहिर पठाएर कम अनुभव भएका कर्मचारीलाई किन ल्याउनुभयो भन्ने प्रश्नमा उनले गोलमोटल उत्तर दिएका छन्।
शर्माको बयानअनुसार ‘सचिवमा बढुवा हुन लागेका सहसचिवलाई प्रदेशमा सचिवका रूपमा खटाइने हुँदो रहेछ, त्यही कारण पुरानाहरू प्रदेशमा सरुवा हुनु भयो, नियमित प्रक्रियाअनुसार नै सरुवा भएको हो। उपसचिवसम्म अर्थ मन्त्रालयकै विशिष्टगत कर्मचारी हुने भएकोले त्यसमा समस्या हुँदैन।’
तर पौडेललाई लामो समय प्रदेशमा पठाउँदै पठाइएन, उनलाई संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा लामो समय राखियो। अर्थमन्त्री प्रकरण बाहिर आएपछि मात्र उनलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ।
मन्त्रीले सीसीटीभीसम्बन्धी कार्यविधि नै थाहा नभएको गैरजिम्मे वार उत्तर दिएका छन्। शर्मा योभन्दा अघि गृहमन्त्रीसमेत भइसकेका व्यक्ति हुन्। के गृहमन्त्री भएका व्यक्तिलाई नै यो थाहा नभए कस्लाई थाहा होला ? उनले बयानमा भनेका छन्, ‘सीसीटीभीसम्बन्धी कार्यविधि मलाई पनि थाहा थिएन, क्षमता कति छ भनेर प्राविधिक कुरा थाहा थिएन।
म मन्त्री हुँदै एउटा संस्थाबाट माग भएको थियो। सचिवले यस्तो आएको छ भनेर देखाउनु भएको थियो, प्रक्रियामा पुर्याएर दिनुहोस् भनेर निर्देशन दिएको थिएँ।’
प्रतिवेदनमा फरक मत राख्दै एमालेका सांसदले यस विषयमा स्पष्ट कार्यादेश सहितको संयन्त्र बनाएर थप छा नविन गर्नु पर्ने र छान विनको क्रममा दो’षी ठ’हर भएकाहरुलाई का’नुन बमोजिम का’र्बाही गर्नु आवश्यक रहेको राय प्रस्तुत गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।