प्रधानमन्त्री शेरबहादुर देउवा समकालिन नेताहरुमध्ये ज्योतिमा अधिक विश्वास गर्ने नेता हुन् । उनका ज्योतिषले उनलाई ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताएको खबर बेलाबेला चर्चामा आउँछ ।
हाल डडेल्धुराबाट शेरबहादुर देउवाविरुद्व चुनाव लड्ने घोषण गरेका सागर ढकालले डडेल्धुरामा रहेको शक्तिपिठ उग्रतारा मन्दिर पुगेर विशेष पुजा गरेका छन् । आफुलाई राजनीतिक यात्रामा शक्ति मिलोस भनेर माता उग्रतारा मन्दिरमा चन्डी पुजा गरेको उनले बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौंरु’ भन्दै पाँच वर्ष अघि बिबिसिको कार्यक्रममा प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकाल प्रतिनिधिसभाको चुनावमा डडेल्धुराबाट लड्ने घोषणा गरेका छन् ।
चुनावी तयारीका लागि अहिले डडेल्धुरा पुगेका छन् । आज उग्रतारा देवीको चन्डी पुजा परेपछि सामाजिक संजालमा ५ वटा फोटो पोष्ट गर्दै भनेका छन् आज उग्रतारा मन्दिरमा देवीको २(३ घण्टाको चण्डी पुजा(आजा सहित उम्मेदवारी घोषणा गरेको छु । अमरसिंह थापाले विश्व सक्ती बेलायतबाट नेपाललाई जोगाए जस्तै आफुले पनि गुल्मीबाट डडेल्धुरामा आएर देश जोगाउने बताएका छन् ।
उनले लेखेका छन्, “करिब १०० वर्ष अघि र अबको १०० वर्ष पछि ८८ डडेल्धुरामा रहेको उग्रतारा देवीको मन्दिरमा चण्डी पाठ(पुजा गरेर देवीको आध्यात्मिक सक्ती लिएर राज्यको नीति बनाउने काम आजबाट बिधिवत् रुपमा सुरुवात भएको छ ८८
सांस्कृतिक कुरा —
यी फोटाहरू सामान्य हुन् तर विश्वलाई नै असामान्य म्यासेज दिन्छन्।
फोटो (१ — हजुरबुवाको पूजा कोठी हो, जहाँ मेरो हजुरबुवाले स्वामी परमानन्द गुरु ज्युको फोटो राख्नु भएको छ, दिनहुँ बिहान साँझ भगवान्सङै राखेर पूजा गर्नुहुन्छ । गुल्मीमा हाम्रो धर्म संस्कारको धरोहरको रूपमा परमानन्द गुरु चिनिनुहुन्छ। हजुरबुवाको पूजा कोठीमा एउटा केही दशक अघि मात्र स्व र्गारोहण हुनुभएको ज्युँदो मानिसलाई देखि ढुङ्गा सम्मलाई भगवान् मानेर पूजा गर्नु हुन्छ, ढुङ्गामा पनि पाँच किसिमका फरक फरक भगवान् हुनुहुन्छ भन्नुहुन्छ हजुरबुवा।
फोटो २ र ३ – परमानन्द गुरुको दुई मुख्य चेलाहरू स्वामी परमानन्द र स्वामी विवेकानन्द गुरु, जसको प्रत्यक्ष आशीर्वाद लिएर म सुद्ध समाजसेवाको देशव्यापी अभियान सुरु गरेको छु ।
फोटो ४ – हजुरहरूले हेर्दा म अक्सफोर्ड गएर पढे भन्ने होला तर यो फल मेरो व्यक्तिगत होइन, मेरो मेहनत यसमा जम्मा १०५ छ । मुख्य जग परमानन्द गुरुले करिब ८०(१०० वर्ष अघि सुरु गर्नुभएको हो, जसको कारणले हजुरबुवाले केही नपढे पनि पढ्नु पर्छ भन्ने भयो र पढ्ने अवसर मलाइ दिनुभयो । तसर्थ पुल्चोक क्यापसबाट ९संभवत० पहिलो पटक सिधै अक्सफोर्ड जाने जग १०० वर्ष अघि नै बसिसकेको थियो ।
फोटो ५ – आज उग्रतारा मन्दिरमा देवीको २(३ घण्टाको चण्डी पुजा(आजा सहित हिजो पत्रकार सम्मेलन गरेर मेरो स्वतन्त्र उम्मेदवारिको घोषणा डडेलधुराको अमरगढिबाट गरिएको छ।
अमरगढी ९डडेलधुराको केन्द्र० जहाँ गोरखाका अमरसिंह थापाले विश्व सक्ती बेलायतबाट नेपाललाई जोगाउनु भएको थियो र नेपालको यो सिमानामा ठुलो किल्ला पनि रहेको छ। त्यस्तै अब मैले गुल्मीबाट डडेलधुरा आएर अमरसिंह गोरखाबाट आएजस्तै देश साँचो रूपमा विकास गर्ने अभियान डडेलधुराबाट सुरुवात गरेका छौ ।
बैज्ञानिक कुरा_
हामी प्रकृति पूजक हौ । हाम्रो एक मात्र भगवान् कोही पनि छैनन् , प्रकृतिमा हुने सबै चिजलाई हामीले भगवान्को रूपमा श्रद्धा गर्छौ र पूजा गर्छौ चाहे त्यो ढुङ्गा, नदी, जमिन, पहाड वा स्वयं मानिस ९खप्तड बाबा, परमानन्द गुरु० नै किन नहुन् । विस्तृत रूपमा हामीले हाम्रो प्रकृति पूजक संस्कार जलवायु परिवर्तनले आक्रान्त विश्वमा हामीले कसरि लिएर जान सक्छौ भन्ने आधार मैले राजनीतिक प्रस्तावमा ९अक्सफोर्डको पेपरको लिंक सहित० विस्तृतमा राखेको छु ।
हामीले नेपालमा मात्र क्रा न्ति गर्ने होइन यो विश्वलाई नै निर्देश गर्न सकिनो ठुलो विषयको सानो सुरुवात हो। हामीले परिकल्पना गरेको १५०० मोडेलले हाम्रो संस्कार र संस्कृतिको अझै गहन तरिकाले अध्ययन गर्नेछ र हामी विश्व मञ्चमा अहिले देखि अबको १०० वर्ष पछिसम्म पनि कसरी प्रस्तुत हुन सक्छौ भन्ने विषयमा पनि २(३ वर्ष लगाएर अध्ययन गर्ने छ।
सपना निकै ठुला छन् तर काम सानो बाटो सुरु गरेका छौ । यो सपना पुरा हुने पहिलो खुड्किलो ४० मुनिको एजेन्डा हो, बिन्ती गाउँ( गाउँ सहर(सहरमा यो मु’द्दा उठाइदिनुहोला। धन्यवाद । सबैको भलो होस् । ॐ ।”