पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले अर्थमन्त्रालयको डिलिट भएको भनिएको सिसिटिभी फुटेजबारे अभिव्यक्ति दिएका छन् । उनले एक घण्टामै फुटेज रिकभर हुने दाबी गरेका छन्।
पार्टीको सुदुरपश्चिम प्रदेश भेलालाई शनिबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले यस्तो चुनौती दिएका हुन्। ‘चुनौतीका साथ भन्छु, मलाई एक घण्टाका लागि अर्थमन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस्।’, उनले भने, ‘कस्तो कलरमा चाहिन्छरु एचडीमा चाहियो कि फोरके ? रिकभर गरेर सर्वसाधारणलाई देखाउन सकिनँ भने भन्नुहोला।’
अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिकभर हुन नसकेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई शुक्रबार बजेटमा करका दर हेरफेर प्रकरणमा संसदीय छानबिन समितिले सफाइ दिएको थियो।
लामिछानेले प्रमुख प्रतिपक्षी एमालेले एम अधिकारीसँग सिसिटिभी फुटेज हराएको विषय साटेको आ’रोप पनि लगाए। ‘यहाँ खोइ प्रतिपक्ष?’ उनले थपे, ‘अर्थ मन्त्रालयको सिसिटिभीको फुटेज डिलिट भएको विषय एम अधिकारीसँग साटफेर गर्ने पनि प्रतिपक्ष हुन्छ?
एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर रहेको भन्दै कांग्रेस र माओवादीले उनको राजीनामा मागेका थिए। तर अहिले यो विषय पनि सेला एको छ।
यस्तै, लामिछानेले देशका कुनै नेताभन्दा एक इन्च तल भए आफु म’र्न तयार रहेको बताएका छन् । धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो कुरा बताएका हुन् ।
“नियतकै कुरा गर्ने हो भने यो देशका एकसे एक मै हु भन्ने नेताको नियतसङ्ग मेरो नियत तुलना गर्नु होला, तिनिको नियत भन्दा मेरो नियत एक इन्च तल रहेछ भने चार जना सा’क्षी राखेर जहाँ देख्यो त्यही छिना’ली दिनु होला”
यस्तै आगामी चुनावमा मत परिवर्तनबाट देशको नेतृत्व बदल्ने पनि सभापति लामिछानेले आग्रह गरे ।