चर्चित पूर्व संचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको पार्टीको सुदूरपश्चिम प्रदेशस्तरिय भेलामा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल सहभागी भएका छन् ।
शुक्रबार धनगढीस्थित ओम पार्टी प्यालेसमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल सहभागी भएका हुन् । धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढीको प्रमुखमा हमाल निर्वाचित भएका थिए ।
पार्टी दर्तापछी रवि लामिछानेको पार्टीले प्रदेशस्तरीय भेला गरेको त्यसै क्रममा आज सुदूरपश्चिम प्रदेशस्तरीय भेला सम्बोधन कार्यक्रम गरेको छ । ठूलो संख्यामा युवाहरु सहभागी भएका छन् ।
प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्न नेता रवि लामिछानेसहित डिपी आर्याल, मुकुल ढकाल, दिपक बोहरा लगायत युवा नेताहरु भेलामा सहभागी भएका छन् ।
रवि लामिछाने र मेयर साम्पाङबीच भेट
संचारकर्म छाडेर राजनीति सुरु गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेट भएको छ। लामिछाने र साम्पाङबीच शुक्रबार धरान उपमहानगरपालिकाको कार्यकक्षमा भेट भएको हो।
धरानको मेयरमा साम्पाङ स्वतन्त्र उम्मेदवार बनेर बिजयी भएका थिए। लामिछानेले भेटेर नै साम्पाङलाई शुभकामना दिएका हुन्। लामिछानेको पार्टी अहिले देश दौडाहमा लागेको छ। सो पार्टीले पछिल्लो दिनहरुमा पूर्वका जिल्लाहरुमा भेला गरिरहेको छ।
‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको, खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो। तर, सकिएछ,’ भेटपछि लामिछानेले भनेका छन्, ‘जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला।