गायक दुर्गेश थापाले श्रीमती प्राची लामालाई आफ्नै पहिलेकी गर्लफे्रन्डसँगको भेटबाट पट्या’एको खु’लासा भएको छ । केही समयअघि थापा छोराको बुवा बनेका छन् र यहि खुशियाली साट्दै आफ्नो विवाह भएको समेत दर्शक सामू खुलाएका छन् ।
श्रीमती प्राची लामाको नाम सहित आफ्नो छोराको तस्विर सार्वजनिक गरेका छन् । उनले प्रकाश सुवेदीको कार्यक्रम ‘द प्रकाश सुवेदी सो’ मा कुराकानी गर्दै यस्तो कुरा खुलस्त पारेका हुन् ।
दुर्गेश थापाले किन श्रीमतीलाई आज सम्म लुकाएर राखे भन्ने प्रश्न अहिले उब्जिन थालेको छ । दुर्गेश थापाले अहिले सम्म श्रीमतीलाई कतै पनि खुलाएका छैनन् साथै न त कुनै तस्विर नै राखेका छन् ।
धेरैलाई दुर्गेश सिंगल भन्ने थियो तर अचानक छोरा सहितको तस्विर राख्दा धेरै चखित परेका छन् । हालै एक गितको शुटिङ्गको क्रममा दुर्गेश थापाले मिडियासँग कुराकानी गर्दै आफूले श्रीमती लुकाउनुको रह’स्य बारे बोलेका छन् । आफ्नो चाहना भन्दा पनि श्रीमती कै चाहनाले गर्दा यो कुरा लुकाएको उल्लेख गरेका छन् ।
दुर्गेशले भने, “खास मैले भन्दा श्रीमतीले यो कुरा नखुलाउन मलाई भनेकी हुन् । अहिले श्रीमतीको बारेमा खुलाउँदा फ्यानहरु घट्ने हुन् कि भनेर श्रीमतीले नै क्यारियरमा फोकस गर्नु भनेर यो कुरा गोप्य राखेका हौँ तर जब छोरालाई हातमा बोकें मेरो आँखाबाट आँशु झर्यो । अनि खुशी साथ मैले यो खुशी दर्शक सामू व्यक्त गरेको हुँ ।”
बिच्च बिच्च बाट चर्चामा आएका दुर्गेश लोकप्रिय गायकको रुपमा परिचित छन् ।