माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा पठाएका छन् । प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।
उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा ब्यापारीका खेताला प्रयोग गरेर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले असार २२ गते पदबाट राजिनामा दिएका थिए।
आरो’पबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।
संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सं’लग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने भएको हो।
संसदीय छानविन विशेष समितिले १७ दिन लगाएर तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर प्रकरणमा अनधिकृत व्यक्तिको सं’लग्नता पुष्टि नभएको निष्कर्ष छ ।
गत असार २२ गते संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले, शर्मा दोषी नदेखिए उनी नै पुनः अर्थमन्त्री बन्ने बताएका थिए ।
यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न थालेका छन् । उनले सार्वजनिक रुपमै आफू चुनावपछि प्रधानमन्त्री बन्ने आशयका अभिव्यक्तिहरु दिइरहेका छन् ।
प्रचण्डले १४ साउनमा पार्टीको प्रशिक्षण कार्यक्रममा आफूले राजनीतिको लाष्ट इनिङका रुपमा प्रधानमन्त्री बनेर सम्झनलायक कार्य गर्ने इच्छा प्रकट गरे । उनले काँग्रेससँग गठबन्धन हुने भन्दै आफू प्रधानमन्त्री बन्ने दाबी गरे ।
यसअघि प्रचण्डले आलोपालो प्रधानमन्त्रीको विषय पनि उठाए । चुनावअघि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको उल्लेख गर्दै चुनावपछि आफ्नो पालो रहेको प्रचण्डको संकेत थियो ।
विगतमा पनि देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीको सहमति बने अनुसार भएको थियो । यसपटक पनि यस्तै भद्र सहमति भएको विश्वस्त स्रोतले बताएको छ ।
‘भद्र सहमति’ अनुसार चुनावअघि देउवा र चुनावपछि प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । तर, त्यसका लागि सत्ता गठबन्धनले बहुमत ल्याउनुपर्छ र प्रचण्डलाई काँग्रेसको पनि साथ मिल्नुपर्छ ।
सत्ता गठबन्धनले चुनावमा बहुमत ल्याउन सजिलो भने छैन । गठबन्धनभित्रै व्यापक असन्तुष्टि छ । विशेषगरी नेपाली काँग्रेसभित्र असन्तुष्टि बढेको छ । धमाधम विद्रो’हहरु हुन थालेका छन् । यसले चुनावी नतिजामा असर पर्न सक्छ ।