सरकारमा रहेका मन्त्रीहरुको बेथे’ति एकपछि अर्को गर्दै बाहिरिन थालेको छ । हालै मात्र अर्थमन्त्रालयको ठूलो घटना बाहिर आएको थियो । सो घटना सेलाउन नपाउदैँ खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले मन्त्रालय मातहतका विभागीय प्रमुख र कर्मचारीको सरुवामा आर्थिक लाभ लिएको खुलेको छ ।
चुनाव खर्च जुटाउन भन्दै मन्त्री चौधरीले रकम संकलन गर्न थालेको खुलेको हो । धेरै बजेट भएका तथा दाताको सहयोग रहेका आयोजना हेर्ने मालदार हाकिमसँग मन्त्रीले ‘चन्दा आतं’क’ मच्चा’इरहेको मन्त्रालयका कर्मचारीहरू गुनासो गर्छन् ।
‘आकर्षक स्थानमा रहेका र माथिल्लो निकायका कर्मचारीहरूसँग मन्त्रीज्यूले च’न्दा मागिरहनुभएको छ,’ मन्त्रालयका ती कर्मचारीले भने, ‘च न्दा दिने दानवीरहरूको पद यथावत राख्ने गरिएको छ भने नदिनेहरूको अन्यत्र सरुवा गरेर च’न्दा दिने दानवीरहरूलाई मात्र खोजीखोजी ल्याइरहनुभएको छ ।’
खानेपानी मन्त्रालयमा राम्रो स्थानमा सरुवाका लागि आर्थिक च’लखेल भइरहेको उनको गुनासो छ । ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत(सीईओ)मिलनकुमार शाक्यसँग मन्त्री चौधरीले १ करोड रुपैयाँ च’न्दा माग्नुभएको कुरा बाहिर आएको छ’ ती कर्मचारीले भने, ‘शाक्यले चन्दा दिन नमानेपछि मन्त्रीज्यूले उहाँवि’रुद्ध कर्मचारी युनियनलाई उचालेर आन्दो’लन नै गराइरहनुभएको छ।’
मन्त्री चौधरीकै निर्देशनमा कर्मचारी युनियनले शाक्यको राजीनामा माग गर्दै आन्दो’लन चर्का’एका छन् । कर्मचारी युनियनले राजीनामा माग गरेपनि शाक्य भने राजीनामा नदिने अडानमा छन् ।
सम्झौताबमोजिम नियुक्ति भएको हुनाले सम्झौताबमोजिम नै हट्नसक्ने प्रावधान रहेको भन्दै मन्त्री चौधरीको उ क्साहटमा राजीनामा माग गरिएको उनी निकट कर्मचारीले बताए । सीईओ शाक्य आफू खुला प्रतिस्पर्धामार्फत सम्झौता गरी आएको हुनाले राजीनामा नदिने बताउँछन् ।
‘कर्मचारीहरूले २०७७ सालदेखि नै उठाउँदै आएका कतिपय माग मेरो लेभलबाट हुने जति मैले पूरा गरिसकेको छु’ शाक्यले भने,’कतिपय मागहरू मन्त्रालय, खानेपानी सञ्चालक समिति, खानेपानी व्यवस्था बोर्डलगायतको तहबाट मात्र सम्बोधन हुने हुनाले त्यसमा सबै तहबीच समन्वय हुनु आवश्यक छ ।’
मन्त्री चौधरीले १ करोड रुपैयाँ च’न्दा माग गरेको भन्ने विषयमा भने उनले केही खुलाउन चाहेनन् ।