अभिनेत्री नीता ढुंगाना मेडिसिटी अस्पताल भ’र्ना भएकी छन् । अस्वस्थ भएपछि अभिनेत्री ढुंगाना अस्पताल भ’र्ना भएकी हुन् । सोमबार बिहान चिकित्सकले उनको एपेन्डि’क्सको श’ल्यक्रिया गरेका छन् ।
आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्व’स्थ भएपछि उनी त्यतैबाट अस्पताल लागेकी थिइन् । सुरुमा ओम अस्पताल लगिए पनि त्यसपछि उनलाई मेडिसिटीतर्फ लगिएको थियो । नीतालाई अझै दुई दिन अस्पतालमै राखिने जनाइएको छ ।
नीताले हालै ज्योतिषी हरिहर अधिकारीसँग विवाह गरेकी हुन् । उनीहरुले निर्माण गर्न लागेको फिल्म ह्रस्वदीर्घ दशैंपछि छायांकनमा जाने तयारीमा छ । सामाजिक सञ्जालमा भने केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनी आमा बन्न लागेको भन्दै टिप्पणी गरिरहेका छन् । तर, वास्तविकता भने अर्कै छ ।
फिल्म ‘परदेशी २’ मा समावेश के वर मागी फर्क्यौं बोलको गीत सार्वजनिक
फिल्म ‘परदेशी २’ मा समावेश के वर मागी फर्क्यौं बोलको गीत सार्वजनिक गरिएको छ । सोमबार प्रेसमिट गर्दै प्रकाश सपुत र केकी अधिकारी फिचर्ड ‘परदेशी २’ को पहिलो गीत सार्वजनिक गरिएको हो ।
रमेश पौडेलको संगीत रहेको गीतमा नारायण रायमाझीको शब्द छन् । गीतमा स्वर निशान भट्टराईको छ । भिडियोका कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । छायाँकन मानकृष्ण महर्जनको हो । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ दशैंमा प्रदर्शन हुँदैछ । फिल्ममा प्रकाश र केकीसँगै दीलिप रायमाझी, प्रशान्त तामाङ र बर्षा सिवाकोटीको अभिनय छ ।
रमेश विजीको कथा र पटकथा रहेको फिल्मलाई राजेश वंशल र नारायण रायमाझी मिलेर निर्माण गरेका हुन् । वंशल र रायमाझी मिलेर यसअगाडी निर्माण भएका ‘गोर्खा पल्टन’ र ‘परदेशी’ फिल्महरु सुपरहिट भएका छन् ।