बागमती प्रदेशले विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको छ । प्रदेश यातायात संचालन तथा व्यवस्थापन बोर्डमार्फत बस खरिद गरिने भएको हो । चालू आर्थिक वर्षमा ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदको लागि बुधबार अन्तराष्ट्रिय स्तरमा बोलपत्र आह्वान भएकोे छ ।
काठमाडौं, भरतपुर र हेटौंडामा विद्युतीय सवारी चार्ज गर्ने चार्जिङ स्टेशन राख्ने तयारी भएको बोर्डका उपनिर्देशक रविन्द्र महर्जनले बताए । सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर चार्जिङ स्टेशनको निर्माण कार्य अघि बढेको उनले जानकारी दिए ।
यसअघि बोर्डको कार्यकारी निर्देशक र उपनिर्देशकको नियुक्ति नहुँदा प्रदेशले खरिद प्रक्रिया अघि बढाउन सकेको थिएन् । गएको फागुनमा बोर्डको निर्देशकमा जगदिशचन्द ढुंगाना र उपनिर्देशकमा रवीन्द्र महर्जन र श्याम सुन्दर सापकोटालाई प्रदेश सरकारले नियुक्ति गरेको थियो ।