ज्योतिषि सुरेशचन्द्र रिजालले बजेट निर्माणमा अनाधिकृ त व्यक्तिहरूलाई छिराएको प्रक’रणमा मुछि’एका अर्थमन्त्री जनार्दन शर्माले फेरि पदमा बहाली गर्नुको रहस्य खोलेका छन् प्रधानमन्त्री शेरबहादुर देउवा ७ पटकसम्म प्रधानमन्त्री बन्ने भविष्यवाणी गर्दै चर्चामा आएका रिजालले जनार्दनको भाग्यमा चन्द्रमा दाहिने भएको बताएका छन् ।
उनले हालै सामाजिक सञ्जालमार्फत आफ्नो ज्योतिषीय दृष्टिकोण राख्दै शर्मा निर्दोष छन् भन्ने पुष्टि हुनु पार्टी र उनी स्वयम्का लागि भाग्यमा चन्द्रमा दाहिने हुनु भएको बताएका छन् ।
शर्माको दाहिने चन्द्रमाको प्रभाव भने प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई योगको वि’परीत प्रभाव पर्ने प्रबल सम्भावना रहेको रिजालको दाबी छ ।
‘अर्थमन्त्री जनार्दन शर्मा निर्दोष छन् भन्ने पुष्टि हुनु पार्टी र उहाँ स्वयम्का लागि भाग्यमा चन्द्रमा दाहिने हुनु हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शर्माको दाहिने चन्द्रमाको प्रभाव भने प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई योगको विपरीत प्रभाव पर्ने प्रबल सम्भावना रहेको छ । दाहिने चन्द्र हुनु नै शक्तिशाली राजयोग हो ।’
बजेट निर्माण प्रकरणमा मुछि’एपछि शर्माबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको थियो । शुक्रबार प्रतिवेदन सार्वजनिक भएसँगै उनले सफा’इ पाएका हुन् ।