धरानका मेयर हर्क साम्पाङलाई पछिल्लो समय काम गर्न चुनौती थपिएको छ । पछिल्लो केही दिनयता बराह सहकारी संस्थाका पी’डितहरुले थालेको आन्दो’लनका कारण धरान त’नावग्रस्त छ।
आफूहरुको बचत डुब्ने अवस्था आएपछि न्या’यका लागि पहल गर्दै पुगेका पीडि’तहरुलाई धरानका मेयर हर्क साम्पाङले गै’रजि’म्मेवार जवाफ दिएपछि मा’होल झनै बिग्रि’एको छ।
मेयर हारेर धरानका धेरै वडामा जित निकालेको एमालेसँग खासगरी मेयर साम्पाङको कि’चलो बढिरहेको छ। विवा’द बढेपछि न्या’य खोज्दै पुगेका पी’डितलाई मेयर साम्पाङले हामीलाई सोधेर सहकारीमा पैसा राखेको हो र ? भन्दिएपछि वातावरण भड्कि’लो बनेको हो।
यस्तोमा मेयर साम्पाङले एमाले कार्यकर्ता खगेन्द्र नेपालीसहितलाई नेतृ मञ्जु भण्डारीसहितले उचा’लेर प्रयोग गरेको आ’रोप सामाजिक सञ्जालबाट लगाएका थिए।
यसलाई लिएर सोमबारे एमाले केन्द्रीय सदस्य समेत रहेकी भण्डारीले आपत्ति जनाउँदै साइबर अप’राधमा मु’द्दा चलाउने चेता’वनी दिइसकेकी छन्। मञ्जु मेयरको प्रतिस्पर्धामा तेस्रो भएकी थिइन्।
यसैबीच एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एभेङले मंगलबार एक विज्ञप्ति निकालेर बराह सहकारी संस्थाका पीडितहरूको सङ्घर्षलाई लिएर नगर प्रमुख साम्पाङको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भनेको छ।
संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई जोडेर गरिएको जा’तीय वि’भेद र असहज बन्दै गरेको परिस्थितिबारे विज्ञप्ति निकाल्दै साम्पाङले जातीय हिं’सा भड्का’उन खोजेको आ’रोप एमालेले लगाएको छ।
‘जनताले चुनेको नेतृत्वले कुशल ढंगले कार्य गरुन्, धरानको विकासको क्रमले गति लियोस् भन्ने अभिप्रायले एमाले र यस दलबाट निर्वाचित जनप्रतिनिधिहरुले राम्रा कामहरुको समर्थन र खुलेर उच्च प्रशंसा गर्दै आएका छन्’, विज्ञप्तिमा भनिएको छ,’नगरप्रमुख हर्कराज राईका पछिल्ला गै’रजिम्मे’वारपूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो धरानवासीको गरिमा खस्किएको छ। नगर प्रमुखको हैसियतमा दलीय व्यवस्था, संघीयतावि’रुद्ध र जातीय वि’द्वेष फैलाउने कार्य नि’न्दनीय र अवि’लम्ब सच्चिन जरुरी छ।’
बराह सहकारीका पी’डितहरुले साउन १५ गते नगरपालिकाको कार्यालय तोडफो’डमा उत्रि’नु गलत भएको एमालेले उल्लेख गरेको छ।
‘तर पनि धरान नगर प्रमुख हर्कराज राईले बराह सहकारीका पीडितहरुले उठाएको विषयमा दिएको गैरजिम्मे’वार अभिव्यक्तिका कारण उक्त घटना घटेकाले त्यसको जिम्मेवारी स्वयम् स्थानीय सरकार प्रमुखले लिनुपर्छ’, एमालेले अगाडि भनेको छ।
एमालेले नगरप्रमुख राईले बराह पी’डित संघर्ष समिति संयोजक खगेन्द्र नेपालीलाई जोडेर एमाले केन्द्रीय सदस्य तथा सुनसरी सह(इन्चार्ज तथा पूर्व उपमेयर भण्डारी र एमालेलाई बद’नाम गर्न खोजेको जिकिर गरेको छ।
यसअघि पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यपालिकामा उठाएका छलफलका विषयहरुलाई गलत सोचका साथ बदना’म गर्ने गरि कुप्र’चार गरेको आ’रोप साम्पाङमाथि लगाइएको छ।
एमालेले सहकारी संस्थाका संचालक, शेयर सदस्यहरु कुनै न कुनै राजनितिक दलका कार्यकर्ता, समर्थक, शुभेच्छुक हुनुले सिर्जना भएको आर्थिक समस्या र समाधानका लागि गरिएको सं घर्षसँग कुनै प्रकारको राजनीतिक सम्बन्ध नरहेको पनि जिकि र गरेको छ।