प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले फोन गरेर थर्काएका छन् । महानगरपालिकाले साउन १० गते बाट नख्खु–एकान्तकुनामा लागू गरेको ‘वान वे’ (एकतर्फी) प्रहरीले हटाएको भन्दै विवा द भएपछि महर्जन तातेका हुन् ।
प्रहरीले छा’पा मार शैलीमा नख्खु–एकान्तकुनाको वान वे हटाएको भन्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले ‘वान वे’ क्षेत्रमा पुगेर दुईतर्फी गाडी सञ्चालनमा रो क लगाएका छन् ।
‘वान वे गरेपछि ट्राफिक व्यवस्थापन उपलब्धिमूलक भइरहेको थियो, आईजीपीको ठा डो निर्देशनमा महानगरले राखेको बोर्ड हटाएर दुईतर्फी गरिएछ,’ महानगरका मेयर महर्जनले भने, ‘आईजीपी सिंह र मेरो फोनमा भ नाभन भयो ।’ स्थानीय सरकारले गरेको निर्णयमा प्रहरीले हस्त क्षेप गरेको मेयर महर्जनको आरोप छ ।
मंगलबार बिहान १० बजे प्रहरीले आफ्नो कार्यक्षेत्रमा महानगरले ह’स्तक्षेप गरेको भन्दै नख्खु र एकान्तकुनामा महानगरले बनाएको वान वे हटाएको थियो । नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंहकै निर्देशनमा प्रहरीले उक्त क्षेत्रको ‘वान वे’ हटाएको महर्जन बताउँछन् ।
उक्त क्षेत्रमा ‘वान वे’ सुरू गरेदेखि दु र्घ’टना र सवा’रीजाम शून्य भएको मेयर महर्जनको दाबी छ । ‘हामीले यो क्षेत्रमा वान वे बनाएपछि सवारी जाम र सडक दु र्घट’ना शून्य भएको छ । महानगरले राम्रो काम गरेको भनेर स्थानीय खुसी भएका छन्,’ उनले भने, ‘यसरी एकाएक छापा’मार शैलीमा प्रहरीले स्थानीय सरकारको काममा ह’स्तक्षेप गर्न मिल्दैन ।’
‘वान वे’ लागू गर्नुअघि महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर, ट्राफिक प्रहरी कार्यालय सातदोबाटो, प्रहरी प्रभाग सानेपा, ट्राफिक प्रहरी वृत्त जावलाखेल, ललितपुर महानगरपालिका वडा नम्बर ४ र नगर प्रहरी बल ललितपुरलाई पत्राचार गरेको समेत जनाएको छ ।
बढ्दो सवारी चापलाई ध्यानमा राखेर ललितपुर महानगरले साउन १० गतेबाट नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने र भनिमण्डल चोकबाट नख्खु चोकतर्फ जाने चार पाङ्ग्रे सवारीसाधनलाई ‘वान वे’ गरेको थियो ।