पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई नेकपा एकिकृत समाजवादीकै मन्त्रीले काउन्टर दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठले आलेको निर्णय गलत प्रमाणित गरिदिएका छन् ।
पूर्वमन्त्री आले नेतृत्वमा भएको निर्णय उल्ट्याउँदै श्रेष्ठले आलेले गरेको निर्णय गलत भएको प्रमाणित गरिदिएका हुन। लुम्बिनी विकास कोष परिषद्का अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठको अध्यक्षतामा मङ्गलवार बसेको परिषद् बैठकले लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्ण य खा रेज गरेको छ।
तत्कालिन मन्त्री ओलेले गत वैशाख १९ गते परिषदको वैठक राखेर लुम्बिनी विकास कोष परिषद् मातहत रहेको क्याम्पेन ग्राउन्डको जग्गा ‘संसारा वेलनेस’ नामक निजी कम्पनीलाई रिसोर्ट सञ्चालन गर्न दिने निर्णय गरेको थियो। मंगलवार वसेको परिषदको वैठकले उक्त निर्णय खारेज गरेको छ ।
संसारा वेलनेस कम्पनी उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको कम्पनी हो । वैद्य आफूले लुम्बिनी विकास कोषको उपाध्यक्ष रहँदैदेखि लुम्बिनीभित्र होटेल बनाउने योजना तयार गरेका थिए।
तर, त्यो योजना पुरा हुन सकेको थिएन। संसारा वेलनेसले श्रीलंकाको पिलग्रिमेज हाउससँग जोडिएको उक्त जग्गा रिसोर्ट सञ्चालनका लागि कोषसँग माग गरेको थियो।
जापनिज वास्तुविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी विकास गुरुयोजनामा चार बिगाहा क्षेत्रफलमा फैलिएको क्याम्पियन ग्राउन्डमा आठ÷नौ वटा कोठा, खुल्ला स्थान, शौचालय, क्याम्प फायर र पिकनिक स्पट राख्ने उल्लेख छ ।
त्यस विपरित संसारा वेलनेसले पेस गरेको प्रस्तावमा भने ध्यान गर्न आउने पाहुनाका लागि रिसोर्ट सञ्चालन गर्ने भनिएको थियो ।