नेपाल एयरलाइन्सको मुम्बई उड्न लागेको विमान रोकिएको छ । प्रहरीलाई सो विमानमा रहेका एक शं’कास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको हो ।
उक्त विमानमा चढेका एक यात्रुलाई निय न्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ । हेडक्वार्टरबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले चेकजाँच गरिरहेको छ, विस्तृत सूचना आउन बाँकी छ ।’
त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारो बडी जहाजलाई प्रहरीको आग्र हमा रोकेको हो । प्रहरीलाई विमान चढिसकेका व्यक्तिबारे ह्वाट्सएपमा सूचना आएको थियो ।
सु’न तस्क’रीमा संलग्न शं’कास्पद एक जना व्यक्ति विमानमा चढेको भन्ने सूचना थियो, प्रहरीले नेपाल एयरलाइन्सलाई आग्रह गरेर विमान रोकेको हो,’ उनले भने, ‘सबै चढिसकेका यात्रुलाई झारिएको छ ।’
प्रहरीले ती शं’का’स्पद व्यक्तिलाई नियन्त्रणमा लिइसकेको उनले बताए । ‘फेरि विमान मुम्बई उडाउन बोर्डिङ भइरहेको छ’ ठाकुरले भने । ती शं’का’स्पद व्यक्तिसँग रहेका आफन्तले पनि आफू मुम्बई नजाने भनेका छन् । अरु सबै यात्रु मुम्बई जाने गरी बोर्डिङ चलिरहेको विमानस्थलले जनाएको हो ।