नेपाली फिल्म प्रेम गीत ३ ले बलिउड र हलिउड फिल्मका पोस्टर टाँसिने स्थानमा आफ्नो स्थान समाएको छ । बलिउड र हलिउड फिल्मका पोस्टर टाँसिने स्थानमा अहिले नेपाली फिल्म प्रेम गीत ३ ले ओगटेको भन्दा खुसी साटेका छन् ।
उनले लेखेका छन्, ‘म आफ्नै चलचित्र भएर बहकिएको होइन, एउटा नेपाली फिल्मको दर्शकको तर्फबाट सोच्दा पनि यो सामान्य पहलबाट सम्भव हुने बिषय होइन । र, आम नेपालीका लागि ठूलो खुसी र गौरवको कुरा हो ।’
उनले संघर्षका अनेकौं पहाड छिचोल्दै विश्व चलचित्रको समुन्द्रमा हाम फालेको बताएका छन् । आफू र आफ्नो टिमको शाहसका कारण नेपाली फिल्मलाई विश्वभरका दर्शकसम्म पुराउने ठूलो जोखिम मोलेका बताएका छन् ।
उनले प्रेम गीत ३ भारतीय बजारमा मात्रै नभएर संसारभरका दर्शकसम्म पुग्दै गरेको जनाएका छन् । उनले भनेका छन्, ‘नेपालकै लोकेसन, नेपालकै कथा, नेपालकै कलाकार, नेपालकै प्राविधिकको वर्षौसम्मको मिहिनेत बलिउड बजार मात्रै होइन संसारका अत्याधुनिक दर्जनौं मल्टिप्लेक्समा नयाँ मेनुको रुपमा पुग्दैछ । यदि यो सबैको रोजाइमा पर्यो भने हाम्रा परिकार मज्जाले बिक्ने छन् । त्यसको फाइदा हामी सबै जसले नेपाली फिल्ममा काम गरेका छौं, उहांहरूलाई हुने हो ।’
साउथ, तमिल लगायतका चलचित्रले जसरी बलिउड र एशियन फिल्ममा आफ्नो दबदबा सुरु गरेको छ, त्यो सपना पनि हामीले देख्न बेला भएको उनको भनाइ छ ।
बलिउडका फिल्मकर्मी, अग्रज पत्रकार, बलिउड फिल्मका दर्शकबाट मिठो साथ र सपोर्ट पाएको उनको भनाइ छ । आगामी २३ सेप्टेम्बरदेखि यो सिनेमा रिलिज हुँदैछ ।