राजीनामा दिएको २५ दिनपछि फेरि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थ मन्त्रालय फर्किए । बजेटमा अना धिकृत व्यक्ति बाट करको दायरामा हेरफेर गराएको आरो’प लागेपछि उनले राजीनामा दिएका थिए ।
अर्थमन्त्री शर्मा छानबिन गर्न बनेको संसदीय समितिले क्लिन चिट दिएपछि आइतबार फेरि अर्थ मन्त्रालय फर्किएका हुन् । उनी अर्थ मन्त्रालय फर्किए पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले उनको वि रोध प्रतिनिधिसभामा गरिरहेका छन् । सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकै नेताहरु पनि अर्थमा फेरि शर्मालाई ल्याइएको विषयमा त्यति सन्तुष्ट देखिँदैनन् ।
विवादका कारण बिदा हुन परेका शर्माले चाहिँ आफूले अर्थमा फर्किन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ‘इगो’ र ‘राजनीतिक भविष्य’ भन्दै अनुरोध गरेका थिए ।
नेकपा माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत, वर्षमान पुनलगायतले प्रचण्डलाई अर्थमा फेरि शर्मा फर्काउँदा चुनावको मुखमा माओवादीलाई ठूलो घाटा हुने सुझाव दिएका थिए । तर, यसमा शर्माले बाजी मा रे, प्रचण्डले पार्टीबाट उनलाई नै अर्थमन्त्री बनाउने निर्णय गरे ।
एकातिर अर्थमन्त्रीको जिम्मेवारीमा पुनः आएका शर्मा स्वयंले भने मन्त्रीका रुपमा आफूलाई सहज हुनेगरि प्रस्तुत गरेका छैनन् । कतिसम्म भने मन्त्रालयमा पुनः फर्किएपछि शर्माले बधाई दिनेहरुलाई पनि आफू लामो समय मन्त्रालयमा नरहने बताउन थालेका छन् ।
‘मन्त्रीका रुपमा फेरि आउनु चुनावको मुखमा आफ्नो राजनीतिक भविष्यको सेफ ल्यान्डिङका लागि हो जस्तो मात्र उहाँले गर्नुभएको छ,’ नेकपा माओवादी केन्द्रका एक नेताले भने, ‘यसमा पार्टीभित्र पनि निकै आलोचना भएकाले हुनुपर्छ, उहाँले यसलाई सहज रुपमा लिनु भएको जस्तो लाग्दैन ।’
अर्कोतिर, माओवादी केन्द्रका केही नेताहरुले शर्मा अब अर्थ मन्त्रालयमा एक सातामात्र रहने भन्न थालेका छन् । ‘राजनीतिक सेफ ल्यान्डिङका लागि उहाँलाई पठाइएको हो,’ एक नेताले बताएका छन्, ‘उहाँले अध्यक्षसामु आफूले एक सातामा नै राजीनामा दिन पनि तयार भएको बताउनु भएको थियो । त्यसैले उहाँले अहिले ठूला निर्णय गर्नु हुन्न ।’
के एक साताका लागि मात्रै अर्थ मन्त्रालय फर्किएका हुन् त जनार्दन शर्मा ? हामीले यही प्रश्न नेपाली कांग्रेसमा प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेतालाई सोध्यौँ ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका ती नेताले भने, ‘यो विषयमा केही भनिएको छैन । तर, बारम्बार मन्त्रीहरुको जिम्मेवारी फेरिरहने पक्षमा प्रधानमन्त्री देउवा हुनुहुन्न । फेरि अब चुनाव आइसकेकाले सरकारमा जिम्मेवारी हेरफेर हुने सम्भावना पनि कम छ ।’
यस्तो भए पनि यसअघि नेकपा एकीकृत समाजवादीले जस्तै सबै मन्त्रीको सेट नेकपा माओवादी केन्द्रले फेर्न चाहेको खण्डमा सरकारमा मन्त्रीहरुले फेरिन सक्ने सम्भावना रहेको ती नेताले बताए ।