भारतबाट सोमबार पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि नेपालमा नघटेपछि यसको कारण खोजी भइरहेका बेला नेपाल आयल निगमले मुख खोलेको छ । अझै घाटा भएकाले निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको हो। निगमले विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थमा अझै घाटा भएकाले तत्काल मूल्य घटाउन नसकिने बताएको हो।
निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपियाँ घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था छ।
लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब उपलब्ध गराए पनि घाटा अझै २३ अर्ब रहेको निगमले जानकारी गराएको छ। महंगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह गरेको छ।
भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो।
भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीबाट निवेदन माग
भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीसँग सरकारले निवेदन माग गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी २८ गतेभित्र मन्त्रालयमा इमेलमार्फत् निवेदन दिन भनेको हो ।
भारतले हाल गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । चीन निर्यातका लागि विशेष स्वीकृति चाहिने भारत सरकारले जनाएको छ । सोही सन्दर्भमा उद्योग मन्त्रालयले भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीसँग निवेदन माग गरेको हो ।
निवेदन दिंदा चिनी र गुहँका लागि मन्त्रालयको वेबसाइटमा रहेको छुट्टाछुट्टै फारम भर्नुपर्ने छ । साथै निवेदनको साथमा उद्योग व्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, आयात-निर्यात इजाजतपत्र र क्वारे न्टिन लगायतका इजाजतपत्र नोटरी प्रमाणित गरी पठाउनु पर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।