लगानीकर्ताहरूलाई बम्पर लाभांश वितरण गर्ने सूचीमा नबिल बैंक लिमिटेड पनि पर्दछ । नबिल बैंक पनि लगानीकर्ताकाे राेजाइमा परेकाे कम्पनी हाे । सुरूवातदेखि नै बैंकले आफ्ना लगानीकर्ताहरूलाई आकर्षक प्रतिफल दिँदै आइरहेको छ । बैंकले हालसम्म आफ्ना लगानीकर्ताहरूलाई ५ सय ६२ प्रतिशत बाेनस सेयर मात्र वितरण गरेकाे छ भने आकर्षक रूपमा नगद लाभांश पनि वितरण गर्दै आइरहेको छ ।
बैंककाे सेयरमा दश वर्ष अगाडि १० हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर ८ लाख भन्दा माथी पुगेकाे छ भने बैंकले लगानी रकमकाे २ गुणा नगद लाभांशकाे रूपमा वितरण गरिसकेकाे छ । आज (चैत्र १९ गते, बिहीबार) काे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे तथ्यांक अनुसार बैंककाे सेयरमूल्य प्रतिकित्ता एक हजार २ सय ८३ रूपैयाँ रहेकाे छ ।
यस्ताे छ नबिल बैंकको १० वर्षको लाभांश इतिहास : १. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० नगद लाभांश वितरण गरेकाे थियाे । यस वर्ष बाेनस थिएन । २. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ४० प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र ४० प्रतिशत नगद गरि कूल ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । ४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ४५ प्रतिशत नगद गरि कूल ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ६.८४२ प्रतिशत नगद गरि कूल ३६.८४२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । ६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । ८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।