आफ्नो नाम कविराम कामी लेख्न भन्दाभन्दै नागरिकता बनाउने टोलीले ‘कुकुर कामी’ नाम राखेर नागरिकता दिएपछि एकजना नागरिक तनावमा छन् । घटना दैलेखको हो । २०१७ पुस २५ गते जन्मेका कविराम कामीलाई तत्कालीन मेहेलतोली गाउँपञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा नागरिकता दिइएको हो ।
२०४६ जेठ ७ गते गाउँमै गएको नागरिकता टोलीले ‘कुकुर कामी’ लेखेको कारण कविराम ३३ वर्षयता गाउँसमाजमा हुने भेलामा जान छोडेका छन् ।
त्यसबेला मेहेलतोली गाउँपञ्चायत, अहिलेको सङ्घीय पुनर्संरचनाअघि मेहेलतोली गाविस थियो । नागरिकतामा मेहेलतोली गाउँपञ्चायत–६ लेखिएको ठाउँ सङ्घीय पुनर्संरचनापछि अहिले भगवतीमाई गाउँपालिका(३ नं। वडामा पर्दछ ।
नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कबिराम भुन्टो कामीका कान्छो छोरा हुन् । कविरामभन्दा अघि ६ जना दाजुहरु जन्मिएका थिए । तर जन्मनेबित्तिकै दाजुहरुको ज्या न गयो । सातौँ सन्तानको रुपमा जन्मिएका कविरामको नाम कुकुर राखे बाँच्न सक्छन् भन्ने पण्डितको सल्लाहमा बाँचून् भनेर राखिएको नाम थियो ‘कुकुर’ ।
राशीको नाम कविराम आएको थियो, बाँचून् भनेर ‘कुकुर’ नाम भन्ने गरिएका कान्छो छोरा संयोग नै होला बाँच्नुभयो । उहाँ त बाँच्नुभयो तर नागरिकतामा ‘कुकुर’ लेखिएकै कारण उहाँ आफैँ, श्रीमती, सात छोराछोरी १३ नातिनातिनीहरु फलानोको श्रीमती, फलानोको छोराछोरी वा फलानोको नातिनातिनी भन्न गाह्रो हुने गरेको छ ।
जेठी छोरी लक्ष्मीको जाजरकोटको जुनीचाँदेमा विवाह भएको छ । एक छोरा र तीन छोरी जन्माइसकेकी उनले बुबाको नाम उल्लेख गरी नागरिकता लिन अप्ठ्यारो मानेकी छिन्। माइली छोरी कल्पनाको भगवतीमाई गाउँपालिका–७ तौलुम विवाह भएर दुई छोरी छन्, उहाँले पनि यही समस्याले नागरिकता बनाएकी छैनन ।
जेठो छोरा जयबहादुर ९२९० मलेसियामा तीन वर्ष काम गर्नुभयो, बुबाको नागरिकतामा भएको नाम लेखेर पैसा पठाउन गाह्रो लागेर पठाएानन् । पछि त्यहाँ झण्डै तीन लाख रुपैयाँ सापटी लिएका नेपाली साथीले फर्काएनन्, उतै पच्यो ।
कान्छी छोरी रत्ना र माइलो छोरा सन्तरामले नागरिकता बनाउनुभएको छ । तर बुबाको नाम ‘कुकुर’ लेखिएकै कारण त्यो नागरिकता देखाउन अप्ठ्यारोले गाउँका समूहमा बस्ने, सामुदायिक क्रियाकलापमा सहभागी वा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता आयआर्जनका कार्यक्रममा सहभागी हुन नगएको रत्नाले बताए ।
साइलो छोरा पप्पुले कक्षा ८ मा पढ्दा चार वर्षअघि विद्यालयमा साथीहरुले जिस्काएकै कारण बिचैमा पढाइ छाडे, अहिले उनी भारतमा मजदुरी गर्नुहुन्छ । कान्छो छोरा शिवराज गाउँकै एक विद्यालयमा कक्षा १० मा पढ्दै हुनुहुन्छ ।
साथीहरुले जिस्काइदिने गरेकै कारण शिवराज पनि हतोत्साहित हुने गरेको खड्गदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद रेग्मीले सुनाए । उनले भन्नुभयो ‘बुबाको नाम थाहा पाएर पनि साथीहरुले जिस्काउने गर्छन्, हामीले त्यसो नगर्नू भनेर सम्झाउने चाहिँ गरेका छौँ ।’
जन्मिँदै छोराहरु मर्न थालेपछि कविरामको जस्तै मेहेलतोली र छिमेकी गाउँ जगनाथमा समेत त्यो समयका करिब छ जनाको नाम ‘कुकुर’ भन्ने गरिएको थियो । समाजका अगुवाहरुले सभ्यताको विपरीत हुने भन्दै राशीको नाम लेखाए । कविरामले नागरिकता लिएकै समयमा त्यतिबेलाका जनप्रतिनिधि र सामाजिक अगुवाहरुको प्रयासमा ‘कुकुर’ नाम भन्ने गरिएका तीन जनामध्ये प्रेमबहादुर दमाई, पदमबहादुर कामी र धनबहादुर कामी नाम लेखेर नागरिकता पाए ।
त्यतिबेला नागरिकता वितरणमा गएका टोली प्रमुख दुर्गाप्रसाद गिरिले दस्तखत गर्दा नागरिकतामै ‘कुकुर’ नलेखौँ भनेर रोकेको भए बदलिन सक्थ्यो । नागरिकताको प्रमाणपत्र सम्बन्धी सिफारिसमा प्रधानपञ्चबाट सही गराउनुअघि त्यसबेलाका गाउँपञ्चायतका सचिवले ध्यान पुर्याएको भए पनि कविराम कामी लेखिएको हुन्थ्यो ।
मेहेलतोलीमा त्यो बेला तीन जनाको नाम ‘कुकुर’ लेखेरै नागरिकता दिइएको विवरण प्राप्त भएको छ । अरु दुई जनाको नि’धन भइसकेको छ । अरु दुई जना कविराम भन्दा १५–२० वर्ष जेठा हुन ।
‘बाँचून् भनेर राखिएको नाम बदल्न सकिन्थ्यो, हाम्रो गाउँमा बदल्यौँ’ भगवतीमाई गाउँपालिका–४ जगनाथका स्थानीय बासिन्दा पूर्व शिक्षक कृष्णप्रसाद अधिकारीले भने ‘घरकाले बिगारेको नाऊँ, ठालुले बिगारेको गाऊँ’ उखान त्यसै चलेको होइन ।
दमाई कामीहरुकै नाम बिगार्ने राख्ने शृङ्खला अझै पनि कायम रहेको अधिकारकर्मी मनिषा विकको टिप्पणी छ । ‘यो जा’तीय विभे’दको स्वरुप हो’ उहाँको तर्क छ । ‘अगाडिका सन्तानहरु मरिरहन थालेपछि बाँचून् भनी ‘कुकुर’ क्षेत्री, बाहुन वा ठकुरीलाई चाहिँ किन भनिएन रु’ उनी प्रश्न गर्छन ।
कविराम कामीको नागरिकतामा ‘कुकुर कामी’ लेखिएकै विषयमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले के कसरी सुधार गर्न सकिन्छ र प्रक्रिया के हुनसक्छ मन्त्रालयमा सोधेर भन्न सकिने जानकारी दिए ।