पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राति १० बजे जापान प्रस्थान गर्दैछन् । पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको हो ।
‘आज राति १० बजे प्रचण्डज्यू जापान जाँदै हुनुहुन्छ । उहाँको जापान भ्रमणको सफलताको कामना गठबन्धन गरेको छ,’ बैठकपछि सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा चुनावको मिति तोकेका छन् । प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि चुनावको घोषणालाइृ सहर्ष स्वीकार गरेका बेला प्रचण्ड जापान जानुलाई कतिपय राजनीतिक बिश्लेषकहरुले अर्थपूर्ण रुपमा हेरेका छन् । प्रचण्डले यसपछि देशको प्रधानमन्त्री बन्ने इच्छासमेत व्यक्ति गरेका छन् ।
तत्काल समाजवादी केन्द्र बन्दैन-प्रचण्ड
अध्यक्ष प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । राजधानीमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याए ।
‘तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो’, उनले भने, ‘त्यसमा छलफल जारी छ, निष्कर्ष निस्केको छैन ।’ वर्तमान सत्ता गठबन्धनमा रहेको वामपन्थी शक्तिहरू आगामी निर्वाचनमा मोर्चा बनाएर जान लागेका छन् । त्यसका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायत दल आन्तरिक छलफलमा जुटेका छन् ।
अध्यक्ष दाहालले नेपाली राजनीतिको मूलधार माओवादी आन्दोलन भएको भन्दै जनताको असली पार्टी माओवादी भए पनि यो विषयलाई स्थापित गर्न नसकिएको बताए । माओवादी पार्टीको दबाबमा ‘स्टेट पार्टनसी प प्रो ग्राम’ (एसपीपी) लाई नेपाल सरकारले अस्वीकार गरेको जनाउँदै उनले विगतमा एसपीपीमा सहभागी हुनुपर्छ भनेर लागि परेको पार्टी र नेता अहिले बढी राष्ट्रवादी देखिन खोजेको बताए ।
निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायमै बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी निर्वाचनसम्म र आवश्यकता रहँदासम्म गठबन्धन कायम रहने बताए । ‘परिवर्तनका एजेण्डा उल्ट्या उने प्रवृत्ति अहिले पनि जारी छ । त्यसकारण पनि गठबन्धन आवश्यक छ’, उनले भने।
इतिहासकै राम्रो बजेट ल्याएको पूर्वअर्थमन्त्रीका बारेमा प्रतिपक्षी दलले अनावश्यक कु प्रचार गरेको उनले बताए । ‘छानबिन समितिले प्रतिवेदन बुझाएको छ, पूर्वअर्थमन्त्री निर्दोष सावित भए। यसले पनि पुष्टि गरेको छ’, अध्यक्ष दाहालले भने।