नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राजीनामा स्वीकृत हुन नपाउँदै अवकाशप्राप्त भएका छन् । उनी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् ।
आईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्च अदालतले आफ्नो पक्षमा फै\सला नदिएपछि उनले २ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए ।
उनको राजीनामा नै स्वीकृत भएन । प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट राजीनामा स्वीकृत हुनुपथ्र्यो । सरकारले सिंहलाई १८ वैशाखमा प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । लगत्तै पोखरेल बिदा बसेका थिए ।
कनिष्ठलाई आईजीपी बनाएको भन्दै उनले तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई एक महिना बिदा मागेका थिए । उनले स्वीकृत गरेको बिदा सकिएपछि पोखरेलले पुनः १० दिन बिदा मागेका थिए तर, महानिरीक्षक सिंहले स्वीकृत गरिदिएनन् ।
अदालतबाट पनि आफ्नो पक्षमा आदेश नआएपछि उनले राजीनामा बुझाएका थिए ।